मुख्य समाचार
बाढीपछिको पहिरोका कारण रसुवाको स्याफ्रुवेशी–टिमुरे सडक खण्ड अवरुद्ध
बाढीपछिको पहिरोका कारण रसुवाको स्याफ्रुवेशी–टिमुरे सडक खण्ड अवरुद्ध

: बाढीपछि आएको पहिरोले त्रिदेशिय मार्ग अवरुद्ध भएको छ । बाढीपछिको पहिरोका कारण रसुवाको स्याफ्रुवेशी–टिमुरे सडक खण्ड अवरुद्ध भएको हो। त्रिदेशिय मार्गअन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–त्रिशूली–रसुवागढी सडकमार्गको बिचमा पहिरो खसेको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ। गोसाईंकुण्ड गाउँपालिका–५ स्थित रोंगापुल क्षेत्रमा सेनासहितको टोली खटिएको छ ।






चीनहुँदै आएको लेन्देखोलाको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका-२ स्थित टिमुरे र रसुवागढी क्षेत्र अस्तव्यस्त छ । जनजीवन प्रभावित भएको छ । स्याफ्रुवेशीहुँदै टिमुरे जाने उक्त सडकमा गएको पहिरो हटाउने काम भइरहेको छ।



यसैगरी यता,पहिरोले रसुवाको धुन्चे–स्याफ्रुबेसी सडकखण्डे अवरुद्ध छ । ठूलो भार्खुमा पहिरो खसेपछि धुन्चे–स्याफ्रुबेसी सडकखण्ड अवरुद्ध भएको हो । प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउने कार्य गरिरहेको छ । चीनको तब्बत हुँदै बहने लेन्दे (भोटेकोशी) नदीको बाढी र पहिरोले स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड विभिन्न स्थानमा कटान हुँदा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । नेपाल–चीन सिमाना रसुवागढीमा लेन्देखोलामा मंगलबार राति आएको बाढीमा परी दुई प्रहरी,छजना चिनियाँसहित १९ जना अझै वेपत्ता छन् । टिमुरे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको छ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक अरुण पौडेलका अनुसार लेन्देखोला हुँदै त्रिशूली नदीमा मिसिएको बाढीमा श्रेष्ठको शव भेटिएको हो । हालसम्म चारवटा मानव अंग र चारवटा शव फेला परेको डीआजी पौडेलले बताए । शव र मानव अंगहरू संकलन गरी त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको पनि डीआजी पौडेलले बताए ।

पहिरोका कारण स्य्राफ्रुवेशी र टिमुरे, रसुवागढी केरुङको सम्पर्क पनि टुटेको छ । नेपाल–चीन सीमाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले बगाएर उद्धारमा खटिएका तीन प्रहरीसहित २० जना वेपत्ता भएका हुन् । तीमध्ये श्रेष्ठको मात्रै शव भेटिएको हो। उनको शव चितवनको भरतपुर नगरपालिका–२९ त्रिशूली नदीस्थित १५ किलोमा भेटिएको थियो ।

उद्दारमा सहजता तथा विपद् व्यवस्थापनका लागि नुवाकोटको तादी गाउँपालिकाले प्रहरीलाई विपदका उद्धार सामग्री प्रदान गरेको छ । तादी गाउँपालिका -३ खरानीटारमा रहेको इलाका प्रहरी कार्यालयलाई विपद तथा उद्धार सामग्री हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुललगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। आज सडक विभागका अधिकारीलाई उनले क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न निर्देशन दिएका हुन्। मन्त्री दाहालले भोटेकोशी नदीले पुर्‍याएको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्न समेत निर्देशन ...
: गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भिजिट भिषामा अमेरिका गएका हुन् कि होइनन् भनेर प्रश्न गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रश्न गरेका हुन्। रास्वपाले भिजिट भिसा र प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर केही व्यक्ति नफर्किएको भन्दै संसदमा विषय उठाएको थियो। रास्वपा सांसद सोविता गौतमले ...
: हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन्। साढे १ अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा भारतको बिहार मोतिहारी घर भई ललितपुर महानगरपालिका-२ सानेपा बस्ने ४३ वर्षीय रूपेश कुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारण बिजबानी घर भएका २२ वर्षीय बिपिन कुमार रहेका छन्। ललितपुर ...
: पोखरा विश्वविद्यालयको २५औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा भएको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ। बैठकमा ...
: विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ। बुधबार अदालतमा एक कार्यक्रमको आयोजना गर्दै अदालते प्रवाह गर्दै आएको सेवाहरूको मूल्याङ्कन गरी एनएस÷आइएसओ ९००१ः२०१५ प्राप्त गरेको जनाएको हो। विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले न्यायसम्पादन भन्दापनि प्रशासनको कार्यमूल्याङ्कनका आधारमा आइएसओ प्रमाणपत्र प्राप्त भएको जानकारी दिए। आइएसओ प्रमाणपत्र प्राप्त गर्नु महत्त्वपूर्ण सफलता भएको भन्दै उनले ...