मुख्य समाचार
(रास्वपा)का सभापति रवि लामिछाने भिजिट भिषामा अमेरिका गएका हुन् कि होइनन् भनेर प्रश्न गरेका छन्
(रास्वपा)का सभापति रवि लामिछाने भिजिट भिषामा अमेरिका गएका हुन् कि होइनन् भनेर प्रश्न गरेका छन्

: गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भिजिट भिषामा अमेरिका गएका हुन् कि होइनन् भनेर प्रश्न गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रश्न गरेका हुन्।



रास्वपाले भिजिट भिसा र प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर केही व्यक्ति नफर्किएको भन्दै संसदमा विषय उठाएको थियो। रास्वपा सांसद सोविता गौतमले मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा केही व्यक्तिलाई स्पेनमै छाडेको बताएकी थिइन्।



त्यसको जवाफमा गृहमन्त्री लेखकले भने,‘मान्य रवि लामिछानेजी जो सम्मानित सदनको सदस्य पनि रहनुभएको थियो, अहिले एउटा परिस्थिति छ। उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो भन्ने सुनेको छु। भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो। मैले जान्न खोजेको के हो भने उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन?’




लामिछाने भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा गएको होइन भने के भिसामा गएका थिए जानकारी दिन पनि उनले रास्वपासँग आग्रह गरे।

उनले भने,‘यदि अनि भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन।’

गृहमन्त्री लेखकले भिजिट भिसा दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई धेरै ज्यादा नैतिकताको प्रश्न पढाउन हुन्छ कि हुँदैन भन्दै प्रश्न पनि गरे। उनले भने,‘नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने? यति कुरा मैले आजसम्म भनेको थिइनँ। तर साथीहरु अलि गर्न नहुनेतिर लाग्नुभा छ।’

तर रास्वपा सांसद गौतमले आफ्नो अभिव्यक्ति सच्याएकी छन्। एमालेका सांसदले संसद् बैठकमा र सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणका गएका को–को फर्किएन जवाफ दिनुपर्ने माग गरेपछि आज उनले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको बताएकी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुललगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। आज सडक विभागका अधिकारीलाई उनले क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न निर्देशन दिएका हुन्। मन्त्री दाहालले भोटेकोशी नदीले पुर्‍याएको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्न समेत निर्देशन ...
: हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन्। साढे १ अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा भारतको बिहार मोतिहारी घर भई ललितपुर महानगरपालिका-२ सानेपा बस्ने ४३ वर्षीय रूपेश कुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारण बिजबानी घर भएका २२ वर्षीय बिपिन कुमार रहेका छन्। ललितपुर ...
: पोखरा विश्वविद्यालयको २५औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा भएको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ। बैठकमा ...
: बाढीपछि आएको पहिरोले त्रिदेशिय मार्ग अवरुद्ध भएको छ । बाढीपछिको पहिरोका कारण रसुवाको स्याफ्रुवेशी–टिमुरे सडक खण्ड अवरुद्ध भएको हो। त्रिदेशिय मार्गअन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–त्रिशूली–रसुवागढी सडकमार्गको बिचमा पहिरो खसेको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ। गोसाईंकुण्ड गाउँपालिका–५ स्थित रोंगापुल क्षेत्रमा सेनासहितको टोली खटिएको छ । चीनहुँदै आएको लेन्देखोलाको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका-२ स्थित टिमुरे र ...
: विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ। बुधबार अदालतमा एक कार्यक्रमको आयोजना गर्दै अदालते प्रवाह गर्दै आएको सेवाहरूको मूल्याङ्कन गरी एनएस÷आइएसओ ९००१ः२०१५ प्राप्त गरेको जनाएको हो। विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले न्यायसम्पादन भन्दापनि प्रशासनको कार्यमूल्याङ्कनका आधारमा आइएसओ प्रमाणपत्र प्राप्त भएको जानकारी दिए। आइएसओ प्रमाणपत्र प्राप्त गर्नु महत्त्वपूर्ण सफलता भएको भन्दै उनले ...