मुख्य समाचार
ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने
ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने विचार रहेको बताएका छन् । ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद्को बैठकमा बोल्दै ट्रम्पले द्वन्द्वको प्रतिक्रियामा रूसमाथि थप प्रतिबन्ध लगाउने सिनेटको विधेयकलाई समर्थन गर्ने कि नगर्ने भनेर विचार गरिरहेको बताए ।



विधेयकमा रूसबाट ऊर्जा आयात गर्ने देशहरूमा भारी शुल्क लगाउने प्रावधान साथै रूसी ऊर्जा उत्पादनलाई समर्थन गर्ने विदेशी कम्पनीहरूमा पनि प्रतिबन्ध लगाउने समावेश रहेको जनाइएको छ । युक्रेनका लागि अस्थायी रूपमा स्थगित गरिएको रक्षात्मक हतियार ढुवानी पुनः सुरु गर्न स्वीकृति दिएको पनि ट्रम्पले मंगलबार घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारकी पूर्व नेत्री आङ सान सूचीलाई हिरासतबाट उनको आफ्नै घरमा नजरबन्दका लागि सारिएको छ । उनलाई २०२१ को कूपछि सत्ताच्युत भएको पाँच वर्षभन्दा बढी समयपछि देशको राजधानी नायप्यिदोमा घरमै नजरबन्दका लागि सारिएको हो । ८० वर्षीया सूचीलाई सेनाले सत्ता कब्जा गरेपछि त्यही वर्षदेखि हिरासतमा राखिएको थियो । जसले देशलाई द्वन्द्व र आर्थिक संकटतर्फ धकेलेको ...
: इरान युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिका कारण विश्व बजारमा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा पुगेको छ। ट्रम्पले इरान नाकाबन्दी ‘महिनौंसम्म’ चल्न सक्ने चेतावनी दिएपछि तेलको मूल्य अहिलेसम्मकै उच्चस्तरमा पुगेको हो । ब्रेन्ट तेलको मूल्य बुधबार प्रतिब्यारेल १२६ डलरभन्दा माथि पुगेको छ । जुन २०२२ पछि सबैभन्दा उच्च हो । ट्रम्पले इरानका बन्दरगाहहरूमा अमेरिकाको ...
: अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्यलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच तीव्र विवाद उत्पन्न भएको छ। हाउस आर्म्ड सर्भिस कमिटीको सुनुवाइका क्रममा डेमोक्र्याट सांसद सारा ज्याकब्सले रक्षामन्त्री पिट हेग्सेथसँग राष्ट्रपति ट्रम्पको कार्यक्षमतामाथि प्रश्न उठाएपछि स्थिति तनावपूर्ण बनेको बीबीसीमा उल्लेख छ । सांसद ज्याकब्सले ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा गरेका पछिल्ला पोस्टहरूलाई उदाहरणका रूपमा ...
: अमेरिकाले फेरि आक्रमण गरे अमेरिकाले लामो पीडादायी प्रतिक्रिया भोग्नु पर्ने इरानले चेतावनी दिएको छ । इरानले आफूहरुमाथि फेरि आक्रमण भए पीडादायी हमला गर्ने चेतावनी दिएको हो । अमेरिकाले होर्मुज जलमार्ग खोलाउन गठबन्धन योजना बनाइरहे बनाएर दवाव बढाइरहेका बेला इरानले होर्मुजमा आफ्नो दावी फेरि दोहोर्‍याएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएको दुई महिना ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी अमेरिकी नौसैनिक नाकाबन्दीलाई निरन्तरता दिन चाहेको बताएका छन्। वार्ताको बारेमा जानकार स्रोतका अनुसार ट्रम्प टोलीले स्ट्रिट अफ होर्मुज लाई लामो समयसम्म बन्द गर्ने गरी नाकाबन्दी विस्तारको तयारी सुरु गरिसकेको छ। राष्ट्रपति ट्रम्पले हाललाई इरानमाथि अधिकतम आर्थिक दबाब दिने रणनीति अपनाएका छन्। सैन्य आक्रमण पुनः सुरु नगरी तेहरानलाई वार्ताको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम