मुख्य समाचार
भिसामा कैफियत देखिएपछि क्रोएसिया पुगेका ११ नेपालीलाई विमानस्थलबाटै फर्काइयो
भिसामा कैफियत देखिएपछि क्रोएसिया पुगेका ११ नेपालीलाई विमानस्थलबाटै फर्काइयो

: युरोपियन मुलुक क्रोएसिया पुगेका ११ जना नेपालीलाई निष्कासन गरी फिर्ता पठाइएको छ। भिसामा कैफियत देखिएपछि उनीहरूलाई विमानस्थलबाटै निष्कासन गरी नेपाल फिर्ता पठाइएको हो।



फिर्ता पठाइनेमा गीता सुनुवार, शंकर सुनुवार, दीपक श्रेष्ठ, वीरेन्द्र प्रकाश राना, दीपक चौधरी, पल्सीन लिम्बु, अमित कुमार विश्वकर्मा, लक्ष्मण मगर, मनिषा कार्की सुब्बा, उपेन्द्र प्रसाद वली र अतित तामाङ रहेका छन्। उनीहरूलाई फ्लाई दुबईको विमानबाट बुधबार काठमाडौं फर्काइएको हो।



स्रोतका अनुसार उनीहरू कामदार भिसामा गत असार २१ गते क्रोयसियाका लागि उडेका थिए। क्रोयसिया पुगेपछि उनीहरूको भिसामा कैफियत देखिएको थियो। 'कामदारका रूपमा क्रोयसिया पुगेका उनीहरूको भिसा नै शंकास्पद् भेटिएको थियो। भिसामै कैफियत देखिएपछि त्यहाँका अधिकारीहरूले उनीहरूमाथि अनुसन्धान गरी चार दिनपछि नेपाल फर्काएको हो,' स्रोतले अन्नपूर्णसँग भन्यो। उनीहरूको भिसा नै रद्द गरी नेपाल फिर्ता गरेको स्रोतको भनाइ छ।




यो घटनाले नेपाली श्रमिकहरूको युरोप यात्रासम्बन्धी समस्यालाई फेरि सतहमा ल्याएको छ। कतिपय नेपालीहरू राम्रो कमाइको आशामा युरोप जाने गर्छन्, तर दलालहरूको प्रलोभनमा परेर उनीहरू ठगिँदै आएका छन्। आकर्षक तलबको प्रलोभन, गलत भिसा र प्रमाणपत्रको सहारा लिँदा नेपालीहरू यस्ता समस्यामा पर्ने गरेको सरोकारवाला निकायहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम