मुख्य समाचार
भिसामा कैफियत देखिएपछि क्रोएसिया पुगेका ११ नेपालीलाई विमानस्थलबाटै फर्काइयो
भिसामा कैफियत देखिएपछि क्रोएसिया पुगेका ११ नेपालीलाई विमानस्थलबाटै फर्काइयो

: युरोपियन मुलुक क्रोएसिया पुगेका ११ जना नेपालीलाई निष्कासन गरी फिर्ता पठाइएको छ। भिसामा कैफियत देखिएपछि उनीहरूलाई विमानस्थलबाटै निष्कासन गरी नेपाल फिर्ता पठाइएको हो।



फिर्ता पठाइनेमा गीता सुनुवार, शंकर सुनुवार, दीपक श्रेष्ठ, वीरेन्द्र प्रकाश राना, दीपक चौधरी, पल्सीन लिम्बु, अमित कुमार विश्वकर्मा, लक्ष्मण मगर, मनिषा कार्की सुब्बा, उपेन्द्र प्रसाद वली र अतित तामाङ रहेका छन्। उनीहरूलाई फ्लाई दुबईको विमानबाट बुधबार काठमाडौं फर्काइएको हो।



स्रोतका अनुसार उनीहरू कामदार भिसामा गत असार २१ गते क्रोयसियाका लागि उडेका थिए। क्रोयसिया पुगेपछि उनीहरूको भिसामा कैफियत देखिएको थियो। 'कामदारका रूपमा क्रोयसिया पुगेका उनीहरूको भिसा नै शंकास्पद् भेटिएको थियो। भिसामै कैफियत देखिएपछि त्यहाँका अधिकारीहरूले उनीहरूमाथि अनुसन्धान गरी चार दिनपछि नेपाल फर्काएको हो,' स्रोतले अन्नपूर्णसँग भन्यो। उनीहरूको भिसा नै रद्द गरी नेपाल फिर्ता गरेको स्रोतको भनाइ छ।




यो घटनाले नेपाली श्रमिकहरूको युरोप यात्रासम्बन्धी समस्यालाई फेरि सतहमा ल्याएको छ। कतिपय नेपालीहरू राम्रो कमाइको आशामा युरोप जाने गर्छन्, तर दलालहरूको प्रलोभनमा परेर उनीहरू ठगिँदै आएका छन्। आकर्षक तलबको प्रलोभन, गलत भिसा र प्रमाणपत्रको सहारा लिँदा नेपालीहरू यस्ता समस्यामा पर्ने गरेको सरोकारवाला निकायहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् । निवर्तमान महासचिव कुँवरले अध्यक्षका प्रत्यासी भैरव ढकाल र संजीव गोर्खाली ढकाललाई पराजित गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् । एनआरएनए अस्ट्रेलियाले शनिबार अनलाइनमार्फत ६ राज्य तथा दुई टेरिटोरीमा निर्वाचन सम्पन्न गरेको थियो । करिब १६ हजार मतमध्ये १३ हजार ७ सय १ मत खसेको थियो ...
— विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि भारत सरकारलाई अनुरोध गरी भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन ...
। इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फर्केका छन् । अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा ८ साउनमा (हिजो ) उनीहरु काठमाडौं आएका हुन् । परराष्ट मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर उनीहरु फर्केको जानकारी गराएको हो । इजरायल र इरानबीच भएको युद्धविराम पश्चात स्थिति क्रमश: सहज हुँदै ...
— जमिनमुनिबाट कच्चा तेलको लेदो (क्रुड) तान्ने मेसिन (डगी पम्प) निरन्तर चलिरहेको छ । ढिकीले धान कुटेझैं मेसिनले तेल तान्दै प्रशोधनका लागि पाइपमार्फत ट्यांकीतिर पठाइरहन्छ । मेसिन सुरुमा ‘स्टार्ट’ गर्न मात्र बिजुली आवश्यक पर्छ, त्यसपछि आफैं चलिरहन्छ । मेसिनले एक पटक जमिनमुनिबाट तेल तानेर पाइपमा फाल्न १० सेकेन्ड लाग्छ । यही गतिमा मेसिन २४ घण्टै चलिरहन्छ । यो दृश्य बहराइनको राजधानी ...
: बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने भएका छन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए। नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएको हो। चीनमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार नेपाल फर्कनेमा सवारी चालक र ...