मुख्य समाचार
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजना अघि बढाउने
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजना अघि बढाउने

: नेपाल विद्युत् प्राधिकरणले ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजना अघि बढाउने भएको छ । प्राधिकरणले ५९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययनका लागि लाइसेन्स आवेदन गरेको जनाएको हो ।



प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुई पम्प स्टोरेज आयोजनाको अध्ययनका लागि ऊर्जा मन्त्रालयमा आवेदन दिएको बताएका हुन् । प्राधिकरणमा आफ्नो एक सय दिनको समीक्षा गर्दै उनले पम्प स्टोरेज अघि बढाउने कार्यलाई प्राथमिकता दिएको बताए ।



कुलेखानी सिस्नेरी १०० मेगावाट र हुलिङटार–दुम्किम ४९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययनका लागि प्राधिकरणले तयारी गरेको हो । ऊर्जा सुरक्षा र विश्वसनीय विद्युत्का लागि प्राधिकरणले पम्प स्टोरेजसँगै ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईसीसी) अध्ययन तथा निर्माण सहयोगका लागि पहल सुरु गरेकोे छ । यस्तै, उत्तरगंगा जलविद्युत् आयोजना र अपर अरुण जलविद्युत् आयोजनाको लाइसेन्स प्रक्रिया अगाडि बढाइएको छ ।




कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको १४ अर्ब रुपैयाँ भुक्तानी दायित्व रहेकाले छोटो समयका लागि केही ऋण लिन लागिएको बताए । उनले रकम अभावकै कारण हेटौंडा–ढल्केवर प्रसारण लाइन निर्माणको कार्य अघि बढाउन नसकिएको जिकिर गरे । उनले आफ्नो कार्यकालको सय दिनमा प्राधिकरणको आधारभूत सुधार र दीर्घकालीन योजनाको थालनी गरेको भन्दै यसलाई तीव्र गतिमा अघि बढाइने बताए । त्यस्तै, गुणस्तरीय विश्वसनीय र भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निजगढ–पोखरिया, बालाजुदेखि महाराजगन्ज हुँदै सिंहदरबार, दूधकोशी प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु गरिएको उनले उल्लेख गरे ।

डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलसम्बन्धी विवाद टुंग्याउन पुनरावलोकनमा जान सक्ने प्राधिकरणको निर्णयपछि त्यसमा ४६ निवेदन प्राप्त भएको छ । हाल पुनरावलोकन कमिटीले पुनरावलोकनसम्बन्धी कार्य गरिरहेको र निश्चित अवधिभित्र यो विषय समाधान हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौ उपत्यकाभित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था मिलाउन विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेसनहरूमा जडान भएका फिडरहरूको सञ्चालन अवस्था स्युचाटारमा रहेको वितरण नियन्त्रण केन्द्रमार्फत चौबिसैघण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

निजी क्षेत्रहरूबाट उत्पादित विद्युत्लाई छिटो छरितो रूपमा ४००/२०० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न ४००/२०० केभी प्रसारण लाइन निर्माणको कार्यमा निजी क्षेत्रलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा समावेश गर्ने गरी एक्सप्रेसन अफ इन्टरेस्ट ‘ईओआई’ निकाल्ने प्रक्रिया अगाडि बढाइएको छ ।

इनर्जी मिक्स (ऊर्जा सम्मि श्रण) कार्यक्रमअन्तर्गत कुल ९६० मेगावाटको सोलार आयोजनाका लागि प्रतिस्पर्धात्मक खरिद विधिबाट प्रस्तावका लागि अनुरोध गरिएको छ । जसमा कुल ६३ वटा आयोजनाहरू छनोट भएकोमा विभिन्न ८ कम्पनीको १७० मेगावाट सोलार आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ ।

बाढीले २४० मेगावाट बन्द
नेपाल विद्युत् प्राधिकरले मंगलबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीका कारण २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण प्राधिकरणको २३० मेगावाट र निजी क्षेत्रले मैलुङ खोलाबाट उत्पादन गर्दै आएको १० मेगावाट गरी २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको जानकारी दिए ।

बाढीका कारण सबैभन्दा क्षति १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा उनले जानकारी दिए । त्यस्तै, ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा पनि धेरै क्षति पुगेको शाक्यले बताए । अन्य आयोजनाबाट बाढी घट्नेबित्तिकै उत्पादन सुरु हुने भए पनि रसुवागढी र त्रिशूली थ्री एबाट विद्युत् उत्पादन गर्न केही समय लाग्ने देखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको ...
— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो । फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार ...
सरकारले लामो समयदेखि काम नभएका र प्रगति पनि नदेखिएका आयोजनाका ठेक्का तोड्न अग्रसरता देखाएको भए पनि तिनको यथाशक्य निर्माणको सुनिश्चितता भने गर्न सकेको छैन ।
— सवारीसाधनलाई इन्धनबाट बिजुलीमा रूपान्तरण (कन्भर्जन) गर्ने कानुन दुई पटक आए पनि मापदण्ड नबन्दा यसको सुविधा उपयोग गर्न नसकिएको व्यवसायीले बताएका छन् । १४ चैत २०७८ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पेट्रोलियम सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति लिएको थियो । पछिल्लो पटक सरकारले फेरि ३ वर्षका लागि कन्भर्जन गर्न पाउने सूचना जारी गरेको छ । गत ...
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा निरन्तर सहभागी भइरहने बताएका छन्