मुख्य समाचार
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजना अघि बढाउने
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजना अघि बढाउने

: नेपाल विद्युत् प्राधिकरणले ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजना अघि बढाउने भएको छ । प्राधिकरणले ५९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययनका लागि लाइसेन्स आवेदन गरेको जनाएको हो ।



प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुई पम्प स्टोरेज आयोजनाको अध्ययनका लागि ऊर्जा मन्त्रालयमा आवेदन दिएको बताएका हुन् । प्राधिकरणमा आफ्नो एक सय दिनको समीक्षा गर्दै उनले पम्प स्टोरेज अघि बढाउने कार्यलाई प्राथमिकता दिएको बताए ।



कुलेखानी सिस्नेरी १०० मेगावाट र हुलिङटार–दुम्किम ४९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययनका लागि प्राधिकरणले तयारी गरेको हो । ऊर्जा सुरक्षा र विश्वसनीय विद्युत्का लागि प्राधिकरणले पम्प स्टोरेजसँगै ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईसीसी) अध्ययन तथा निर्माण सहयोगका लागि पहल सुरु गरेकोे छ । यस्तै, उत्तरगंगा जलविद्युत् आयोजना र अपर अरुण जलविद्युत् आयोजनाको लाइसेन्स प्रक्रिया अगाडि बढाइएको छ ।




कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको १४ अर्ब रुपैयाँ भुक्तानी दायित्व रहेकाले छोटो समयका लागि केही ऋण लिन लागिएको बताए । उनले रकम अभावकै कारण हेटौंडा–ढल्केवर प्रसारण लाइन निर्माणको कार्य अघि बढाउन नसकिएको जिकिर गरे । उनले आफ्नो कार्यकालको सय दिनमा प्राधिकरणको आधारभूत सुधार र दीर्घकालीन योजनाको थालनी गरेको भन्दै यसलाई तीव्र गतिमा अघि बढाइने बताए । त्यस्तै, गुणस्तरीय विश्वसनीय र भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निजगढ–पोखरिया, बालाजुदेखि महाराजगन्ज हुँदै सिंहदरबार, दूधकोशी प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु गरिएको उनले उल्लेख गरे ।

डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलसम्बन्धी विवाद टुंग्याउन पुनरावलोकनमा जान सक्ने प्राधिकरणको निर्णयपछि त्यसमा ४६ निवेदन प्राप्त भएको छ । हाल पुनरावलोकन कमिटीले पुनरावलोकनसम्बन्धी कार्य गरिरहेको र निश्चित अवधिभित्र यो विषय समाधान हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौ उपत्यकाभित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था मिलाउन विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेसनहरूमा जडान भएका फिडरहरूको सञ्चालन अवस्था स्युचाटारमा रहेको वितरण नियन्त्रण केन्द्रमार्फत चौबिसैघण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

निजी क्षेत्रहरूबाट उत्पादित विद्युत्लाई छिटो छरितो रूपमा ४००/२०० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न ४००/२०० केभी प्रसारण लाइन निर्माणको कार्यमा निजी क्षेत्रलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा समावेश गर्ने गरी एक्सप्रेसन अफ इन्टरेस्ट ‘ईओआई’ निकाल्ने प्रक्रिया अगाडि बढाइएको छ ।

इनर्जी मिक्स (ऊर्जा सम्मि श्रण) कार्यक्रमअन्तर्गत कुल ९६० मेगावाटको सोलार आयोजनाका लागि प्रतिस्पर्धात्मक खरिद विधिबाट प्रस्तावका लागि अनुरोध गरिएको छ । जसमा कुल ६३ वटा आयोजनाहरू छनोट भएकोमा विभिन्न ८ कम्पनीको १७० मेगावाट सोलार आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ ।

बाढीले २४० मेगावाट बन्द
नेपाल विद्युत् प्राधिकरले मंगलबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीका कारण २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण प्राधिकरणको २३० मेगावाट र निजी क्षेत्रले मैलुङ खोलाबाट उत्पादन गर्दै आएको १० मेगावाट गरी २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको जानकारी दिए ।

बाढीका कारण सबैभन्दा क्षति १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा उनले जानकारी दिए । त्यस्तै, ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा पनि धेरै क्षति पुगेको शाक्यले बताए । अन्य आयोजनाबाट बाढी घट्नेबित्तिकै उत्पादन सुरु हुने भए पनि रसुवागढी र त्रिशूली थ्री एबाट विद्युत् उत्पादन गर्न केही समय लाग्ने देखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। समाजिक सञ्जाल ह्वाट्स एप र भाइबर ह्याक गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भइ काठमाडौं २१ वर्षीय अभिषेक जैसवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । उनले विभिन्न कम्पनीका मालिकहरुको ह्वाट्स एप, भाइबर ह्याक गरी मालिक बोलेको भन्दै क्यास काउन्टरमा सम्पर्क गर्दै रकम पठाउन ...
। अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप र वेबसाइट बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन ...
। सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने गरी गरेको पछिल्लो परिपत्रप्रति विज्ञापन एजेन्सी र निजी सञ्चार क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयको यो निर्णयले विगतका सरकारहरूले अघि सारेको निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने अवधारणाको बर्खिलाप गरेको र यसले विज्ञापन उद्योगलाई नै धराशायी बनाउने संकेत देखिएको छ। यसै सन्दर्भमा नेपाल विज्ञापन संघका अध्यक्ष ...
: सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने निर्णय गरेपछि विभिन्न सरोकारवाला संस्थाहरूले आपत्ति जनाएका छन्। नेपाल विज्ञापन संघ, इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नेपाल प्रेस युनियनलगायत संस्थाहरूले उक्त निर्णयको विरोध गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको परिपत्रमार्फत सबै सरकारी निकाय, आयोग, सचिवालय तथा ...
। एप्पलले आफ्ना नयाँ मोडेलका आइफोन प्रयोगकर्ताहरूका लागि एउटा अत्यन्तै दुर्लभ सुरक्षा अपडेट ‘iOS 18.7.7’ सार्वजनिक गरेको छ। सामान्यतया नयाँ मोडेलका लागि नयाँ अपरेटिङ सिस्टम (iOS 26) मात्र जारी गर्ने एप्पलको नीति भए तापनि डार्कस्वोर्ड (DarkSword) नामक मालवेयरको बढ्दो जोखिमका कारण कम्पनीले पुराना प्रयोगकर्ताका लागि यो ‘ब्याकपोर्ट’ अपडेट ल्याएको हो। यो सुरक्षा प्याच विशेष गरी आइफोन ...