मुख्य समाचार
बेलायतमा मृत्यु भएका दुई नेपाली विद्यार्थीको लन्डनमा अन्त्येष्टि, नेपालमा रहेका परिवारले भिडियोबाटै हेरे
बेलायतमा मृत्यु भएका दुई नेपाली विद्यार्थीको लन्डनमा अन्त्येष्टि, नेपालमा रहेका परिवारले भिडियोबाटै हेरे

: बेलायतमा ज्यान गुमाएका दुई नेपाली युवाको एकैदिन लन्डनमा अन्त्येष्टि गरिएको छ। गत जुन १४ तारिखमा लन्डनको वेम्बली स्टेडियमभित्र कार्यस्थलमै मृत भेटिएका २७ वर्षीय विपिन न्यौपाने र गत अप्रिल २८ तारिखमा लन्डन थेम्स नदीकिनारमा शव फेला परेका २० वर्षीय सुशान ओलीको लन्डनका दुई छुट्टा-छु्टै क्रिमेटोरियममा एकैदिन अन्त्येष्टि भएको हो ।



गुल्मीको जोहाङ पुख्र्यौली र हाल रुपन्देहीको मणिग्राममा घर भएका स्वर्गीय विपिन न्यौपानको अन्त्येष्टि लन्डन एल्थामको क्रिमेटोरियममा सम्पन्न भयो । बेलायतमै रहेका उनका आफन्तहरूको संयोजनमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका लागि आवश्यक खर्च उनी कार्यरत रहेको कम्पनीले व्यहोरिदिएको विपिनका बेलायतस्थित आफन्त विष्णु भण्डारीले जनाए।



विपिनको अन्तिम बिदाइमा उनका आफन्तदेखि उनले काम गर्ने कम्पनीका प्रतिनिधि एवम् सहकर्मीहरू सहभागी भएका थिए । डेढ वर्षअघि अध्ययनका लागि बेलायत आएका विपिनले यहाँको सेन्ट जोन युनिभर्सिटीबाट मास्टर्स पूरा गरी हालै मात्र पीएसडब्लु भिजा लिएर फुलटाइम काम सुरू गरेका थिए ।




साउथ इष्ट लन्डनमा विपिनको अन्त्येष्टि भएकै दिन उता वेष्ट लन्डनको फेल्थाममा गत अप्रिल अन्तिम साता ज्यान गुमाएका ओलीको अन्त्येष्टि भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क विभाग बेलायतको संयोजनमा सुशानको अन्त्येष्टि गरिएको विभागका सचिव रमेश वेल्बासेले जनाए । अन्त्येष्टिमा सहभागीमध्ये अधिकांश रास्वपाका सदस्यहरु थिए भने केही नेपाली समुदायका प्रतिनिधि र सुशानका आफन्त पनि थिए ।

रुकुम पश्चिमको मुसिकोट स्थायी घर भएका सुशान एक वर्षअघि बेलायत आएर कोभेन्ट्री युनिभर्सिटीमा अध्ययन गर्दै थिए । गत अप्रिल २३ तारिखमा लन्डनबाट सम्पर्कविहिन सुशानलाई त्यसको पाँच दिनपछि बेलायती प्रहरीले थेम्स नदी किनारमा मृत फेला पारेको थियो ।

बेलायतमा मृत्यु भएका आफ्ना छोराको अन्तिम बिदाइमा सहभागी हुन नपाएका विपिन र सुशानका दुवै परिवारले बेलायतमा भइरहेको छोराको अन्त्येष्टि नेपालबाटै लाइभ भिडियोमा हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम