मुख्य समाचार
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई स्पेनको अदालतले कर छलीको आरोपमा एक वर्ष कैद सजाय सुनाए
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई स्पेनको अदालतले कर छलीको आरोपमा एक वर्ष कैद सजाय सुनाए

। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई स्पेनको अदालतले कर छलीको आरोपमा एक वर्ष कैद सजाय सुनाएको छ। तर, उनी जेल भने जानु पर्ने छैन।

एन्सेलोटीले सन् २०१३ देखि २०१५ सम्म रियल मड्रिड क्लबमा हुँदा पहिलो कार्यकालको समयमा आफ्नो तलबबाट झण्डै १० लाख युरो कर नतिरेको आरोप लागेको थियो। अदालतको फैसलाअनुसार अब उनले ३ लाख ८६ हजार ३६१.९३ युरो जरिवाना तिर्नुपर्नेछ।




स्पेनी कानुनअनुसार दुई वर्षभन्दा कम सजाय पाएका, पहिले कुनै आपराधिक इतिहास नभएका र गैरहिंसात्मक अपराधमा दोषी ठहरिएका व्यक्तिहरूले जेल जानु पर्दैन।

६६ वर्षीय एन्सेलोटी गत सिजनको अन्त्यमा रियल मड्रिड छोडेर ब्राजिलको राष्ट्रिय टोलीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।



यसअघि एन्सेलोटीले अदालतमा बयान दिँदै आफूले कहिल्यै कर छल्ने मनसाय नराखेको बताएका थिए। उनले रियल मड्रिडबाट नेट ६ मिलियन युरो तलब पाउने सहमति भएको र त्यसको संरचना आर्थिक सल्लाहकारलाई जिम्मा दिएको बताएका थिए।

स्पेनमा यसअघि पनि चर्चित खेल व्यक्तित्वहरू कर छलीका कारण दोषी ठहरिएका छन्। लियोनेल मेस्सीलाई पनि २०१७ मा २१ महिनाको जेल सजाय सुनाइए पनि पछि जरिवाना तिरेर सजाय हटाइएको थियो।

क्रिस्टियानो रोनाल्डोले २०१९ मा १८.८ मिलियन युरो जरिवाना स्वीकार गरेका थिए। जोसे मोरिन्होलाई पनि रियल म्याड्रिडको प्रशिक्षक रहँदा करसम्बन्धी मुद्दामा २.२ मिलियन युरो जरिवाना गरिएको थियो।

-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...