मुख्य समाचार
फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम एक स्थान खस्कियो
फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम एक स्थान खस्कियो

। फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान तल झरेर १७६औं स्थानमा पुगेको हो ।

नेपालले गत जुनमा हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो । त्यस्तै जुनमै एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँगको खेलमा २-१ ले पराजित भएको थियो ।




दक्षिण एसियामा भारतको वरियता पनि खस्किएको छ । भारत ६ स्थान तल झर्दै १३३औं स्थानमा पुगेको छ भने माल्दिभ्स ७ स्थान तल झरेर १७१औं स्थानमा पुगेको छ ।

नेपालभन्दा पछि रहेको बंगलादेश १ स्थान तल झर्दै १८४औं स्थानमा पुगेको छ भने भुटान ४ स्थान तल झरेर १८६औं स्थानमा पुगेको छ ।



श्रीलंका ४ स्थान सुधार गरेर १९६औं स्थानमा पुगेको छ भने पाकिस्तान ३ स्थान खस्किएर २०१औं स्थानमा पुगेको छ ।

विश्व च्याम्पियन अर्जेन्टिना फिफा वरियताको शीर्ष स्थानमै यथावत छ । यस्तै स्पेन दोस्रोमा, फ्रान्स तेस्रोमा, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौ स्थानमा यथावत छन् ।

पोर्चुगल एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लँदा नेदरल्याण्ड्स सातौं स्थानमा झरेको छ । बेल्जियम आठौं, जर्मनी नवौं र क्रोएसिया १०औं स्थानमा छ ।

एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा अघि रहेको जापान २ स्थान खस्किएर १७औं स्थानमा छ । इरान पनि २ स्थान खस्किएर २०औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...