मुख्य समाचार
महाधिवेशनबाट पारित विधानका बारेमा टिप्पणी गर्नु संगठनात्मक अराजकता हुने बताए
महाधिवेशनबाट पारित विधानका बारेमा टिप्पणी गर्नु संगठनात्मक अराजकता हुने बताए

। नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनबाट पारित विधानका बारेमा टिप्पणी गर्नु संगठनात्मक अराजकता हुने बताएका छन् ।

जनसंगठनहरुका पदाधिकारी र इन्चार्जको भेला गरेर पोखरेलले संगठनात्मक अराजकताको प्रतिवाद गर्न निर्देशन दिएका छन् ।




‘विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्छ,’ उनले भने, ‘दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहर आफै अनुमोदन गर्ने अनि अहिले आफै प्रश्न गर्दै हिड्ने कुरा अनैतिक हो ।’

अनैतिक कुरा गर्दै हिड्नेहरुको प्रतिवाद गरिनुपर्ने उनले बताए । ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिड्ने कुरा अनुशासनहीन र अराजक हो, जसले यस्ता गतिविधि गर्द, त्यसको प्रतिवाद गर्नुपर्छ’, पोखरेलले भने ।



पार्टीमा संगठनात्मक अराजकता क्षम्य नहुने भएकाले अवज्ञा नगर्न पोखरेलले चेतावनी पनि दिए । एमालेमा लगातार दुई कार्यकाल भन्दा बढी एउटै पदमा बस्न नहुने पार्टी विधान संशोधन गरिएकोप्रति विवाद छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान
। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको छ । बैठकमा सहभागी नेता राजेन्द्र बजगाईंका अनुसार पार्टीको अनुशासन आयोगले कोइराला निकटका नेताहरूलाई गरेको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको हो । ‘उजुरी, निवेदन परेको समय अवधिको हिसाबले ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने विधानले भनेको छ, त्यो पनि घन्टा मिनेट ...
। चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारामा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार करिब ४५/५० वर्षको देखिने एक पुरुषको शव बिहीबार फेला परेको हो । केही अंग नभएको पुरुषको शव रहेको भन्ने खबर स्थानीयले गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । पहिचान खुल्न नसकेको पुरुषको शवलाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएइको छ । नदी किनारामा ...
। म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका अन्दाजी १३ वर्षका सरोज विकको शव फेला परेको हो । बुधबार घाँसदाउरा गएका बेला उनका बुबा ३५ वर्षीय जगेन्द्र विकको समेत पहिरोले पुरेर मृत्यु भएको थियो भने बालक बेपत्ता थिए । शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म ...
सातदोबाटोमा बन्यो सुविधासम्पन्न ‘हाइ पर्फमेन्स सेन्टर’, प्रधानमन्त्रीबाट उद्घाटन