मुख्य समाचार
क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।



ट्रम्पले अगस्ट १, २०२५ देखि अमेरिका प्रवेश गर्ने क्यानेडियाली सामानमा कर लागू हुने बताएका हुन्।



ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै क्यानडाबाट आउने सामानमा कर लगाउने घोषणा गरेका छन्।




अमेरिकाले पहिले नै केही क्यानेडियाली सामानमा २५ प्रतिशत कर लगाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण करिब ३० जनाको मृत्यु भएको छ। शनिबारदेखि सुरू भएको वर्षाका कारण अहिलेसम्म ८० हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढी पहिरोमा परी केही मानिस बेपत्ता भएको जनाइएको छ। मंगलबार दिउँसोसम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीमा बेपत्ता भएका ...
: दक्षिण-पूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुर्‍याएको बताएका छन्। यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बम प्रयोग गरी आठ पटक आक्रमण गरेका गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति ...
। रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो । USGS का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो ...
। अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् । ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा पुग्नासाथ अन्धाधुन्द गोली चलाउन ...
। युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । सैन्य प्रशासनका प्रमुख इभान फेडोरोभका अनुसार रूसले जापोरिझिया क्षेत्रमा जेल लक्षित आक्रमण गरेको थियो । ‘१६ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन्, परिसर ध्वस्त भएको र नजिकैका घरहरू क्षतिग्रस्त भएको उल्लेख गर्दै उनले टेलिग्राममा ...