मुख्य समाचार
पूर्णिमाको ह्याट्रिकमा नेपालले भुटानलाई ६-१ गोलले हरायो
पूर्णिमाको ह्याट्रिकमा नेपालले भुटानलाई ६-१ गोलले हरायो

: नेपालले भुटानलाई ६-१ गोलले पराजित गरेको छ। साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा भएको खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित ४ गोल गरिन्। उनले १८, ६२ र ८४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्।‌



नेपालले भुटानलाई पहिलो हाफमा ३ गोल प्रहार गर्‍यो। दोस्रो हाफमा भुटानले १ गोल फर्काउँदा नेपालले ३ गोल गर्‍यो। नेपालका लागि खेलको नवौं मिनेटमा सेनु परियारले गोल गरिन्। १५औं मिनेटमा सेनु परियारले पूर्णिमा राईलाई दिएको पासमा भएको गोल अफ साइड भयो।



खेलको १८ औँ मिनेटमा वर्षा ओलीले दायाँ बाट गरेको क्रसमा पुर्णिमा राईले दोस्रो बारमा गोल गर्दै नेपाललाई २-०को अग्रता दिलाइन्।‌ नेपालले पहिलो हाफमा तेस्रो गोल भने थप गरिएको समयमा गर्यो । नेपालका लागि सेनु परियारले बक्स भित्रबाट गोल गरिन्।




खेलको ५४औँ मिनेटमा भुटानले गोल फर्कायो। भुटानका लागि केल्डेन वाङ्मोले नेपालबाट राम्ररी डिफेन्स नभएको बलमा बायाँ तर्फबाट गोल गरिन्। ६३औँ मिनेटमा नेपालका लागि पूर्णिमा राईले व्यक्तिगत दोस्रो र नेपालका लागि चौथो गोल गरिन्।

नेपालको लागि आजको खेलमा पहिलो रोजाइमा पर्दै अमिषा राईले पहिलो रोजाइमा पर्दै उमेर समूहमा डेब्यु गरिन्। मिना देउबाले खेलको ८२औँ मिनेटमा सेना परिवारलाई खेलको ८४औं मिनेटमा पूर्णिमा राईले ह्याट्रिक पुरा गरिन्।

‌८८औँ मिनेटमा मिनेटमा व्यक्तिगत चौथो र नेपालका लागि छैटौं गोल गरिन्। नेपालले दोस्रो खेल १३ जुलाईमा घरेलु टिम बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम