मुख्य समाचार
नासाले ‘अक्सियम मिसन-४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा
नासाले ‘अक्सियम मिसन-४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा

। अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन-४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ ।

नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन-४’ एक निजी अन्तरिक्ष अभियान हो, जसमा चार अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बसेर वैज्ञानिक अनुसन्धान गरेका थिए ।




यो मिशन सन् २०२५ जुन २५ मा स्पेस एक्सको रकेटमार्फत सुरु भएको थियो । टोलीमा अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सन, पोल्याण्डका स्लावोस उजनान्स्की, हंगेरीका टिबोर कपु र भारतका समूह कप्तान शुभांशु शुक्ला सहभागी थिए । शुक्ला अन्तरिक्षमा पुग्ने पहिलो भारतीय वायुसेना पाइलट हुन् ।

मिसनका क्रममा करिब ६० भन्दा बढी अनुसन्धान सम्पन्न गरिएको थियो । अब टोली स्पेस एक्सको ड्रागन यानमार्फत पृथ्वीमा फर्किंदैछ र यसको प्रत्यक्ष प्रसारण नासाले जुलाई १४ मा गर्नेछ ।



अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बिताएका चार सदस्यीय टोलीको नेतृत्व अनुभवी अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सनले गरे ।

प्रस्थानको प्रत्यक्ष प्रसारण नासाको वेबसाइटमा हेर्न सकिनेछ । शुभांशु शुक्लाको यो सफल यात्रा भारतका लागि ऐतिहासिक उपलब्धि हो, जसले भविष्यमा अन्तरिक्ष क्षेत्रमा भारतीय सहभागिता अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक अकाउन्ट बनाएको पाइएको छ। प्रधानमन्त्रीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार पोष्ट गरेको पाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले यस किसिमका गैरकानुनी कार्य गर्नेलाई कानुनबमोजिम कारवाही हुने बताए। उनले भने,' प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी ...
। अमेरिकामा सामाजिक सञ्जाल टिकटकको स्वामित्व स्थानीय कम्पनीले खरिद गर्ने भएको छ । अमेरिकामा चल्ने टिकटकको स्वामित्व खरिद गर्न अनुमति दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन् । चीनको स्वामित्वमा रहेको टिकटकको अमेरिकी कारोबार त्यहीँको स्थानी कम्पनी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई बेच्ने निर्णयलाई कार्यान्वयन गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेका समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ...
: चिप निर्माता एनभिडियाले अग्रणी एआई कम्पनी ओपनएआईमा ठुलो लगानी गर्ने भएको छ। कम्पनीले ओपनएआईमा १०० अर्ब डलर लगानी गर्ने भएको हो। यसको सहयोगमा नयाँ डाटा सेन्टर र अन्य कृत्रिम बुद्धिमत्ता पूर्वाधार निर्माण गर्ने उल्लेख छ। एआईको बढ्दो मागलाई ध्यानमा राख्दै दुवै कम्पनीले यो निर्णय गरेका हुन्। ओपनएआई र एनभिडियाले रणनीतिक सम्झौताको सम्बन्धमा एक पत्रमा ...
: मेटाका सीईओ मार्क जुकरबर्गले धेरै नयाँ उत्पादन लन्च गरेका छन्। यीमध्ये एक मेटा रे–ब्यान डिस्प्ले हो। यसमा हेड–अप डिस्प्ले सुविधा छ। यसले प्रयोगकर्तालाई चस्मामा सिधै पाठ, भिडियो, नक्सा, आदि हेर्न सकिन्छ। यो लन्च मेटा कनेक्ट २०२५ कार्यक्रमको क्रममा गरिएको हो। मेटा कनेक्ट २०२५ कार्यक्रम क्यालिफोर्नियाको मेलानो पार्कमा सुरु भएको थियो। यहाँ मेटाको मुख्यालय छ। ...
। एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन लञ्च गरेको छ । मंगलबार आफ्नो विशेष वार्षिक समारोहमार्फत् एप्पलले जम्मा ५.६ मिलिमिटर मोटो आइफोन एयर सार्वजनिक गरेको हो । त्यसक्रममा एप्पलका सिइओ टिम कुकले आइफोन एयरलाई आइफोन प्रविधिमा अहिलेसम्मकै ठूलो फड्को रहेको र यो गेमचेन्जर स्मार्टफोन भएको बताएका छन् । आइफोन एयरमा ६.५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले छ, जसमा ...