मुख्य समाचार
राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले र कांग्रेस अहिले पनि नौजवान पार्टी भएको बताए
राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले र कांग्रेस अहिले पनि नौजवान पार्टी भएको बताए

। नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले र कांग्रेस अहिले पनि नौजवान पार्टी भएको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले पुराना राजनीतिक दलहरू सकिए र पुराना दलहरूको स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ राजनीतिक दलहरू त्यसमा आश गरेर बसिरहेको उनको भनाइ थियो ।




‘यहाँ पुराना दलहरू अब सिद्धिँदै छन् । पुराना दलहरूको स्थान नयाँ दलले लिँदैछ भन्ने कतिपयका भाष्यहरू छन् । कविन्द्र (रास्वपा महामन्त्री) जीहरू त्यसमा आश गरिरहनुभएको छ । पुराना दल कहिले सिद्धेलान् र हामी त्यहाँ उभिउँला भनेर । उहाँहरूको त्यो आशा छ,’ भट्टराईले भने ।

दाबी गरेर मात्रै नयाँ नभइने भन्दै किन नयाँ राजनीतिक दल भन्नेकुरा प्रमाणित गर्न सक्नुपर्ने भनाइ उनले राखे । राजनीतिक दल कहिले पनि पाको नहुने र कहिल्यै नमर्ने भन्दै एमालेले हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको उनको भनाइ थियो ।



‘पुराना दलले के गरे, किन हामी भन्ने छ । दाबी गरेर मात्रै त हुँदैन । मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ । राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो । एमाले स्थापित भएको ७० वर्ष भयो,’ उनले भने, ‘एमाले आज पनि नौजवान पार्टी हो । काँग्रेस आज पनि नौजवान पार्टी हो । कतिपय सन्दर्भमा कविन्द्रजीहरूको रास्वपा भन्दा पनि नौजवान हो । यो पार्टी हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको छ ।’

सचिव भट्टराईले राजनीतिक दलको कहिले पनि मृत्यु नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्धारित समयमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाले अब नेपालमा आर्थिक स्थायित्वसँगै आर्थिक सुधारले गति लिने नेपालको सार्वभौम साख मूल्यांकन गरेको एजेन्सी ‘फिच रेटिङ’ ले जनाएको छ । दोस्रो वर्ष रेटिङका क्रममा गत मंसिरमा स्थलगत मूल्यांकनका लागि नेपाल आएको फिचको टोलीले तोकिएको समय अर्थात् २१ फागुनमै निर्वाचन हुनेमा आशंका व्यक्त गरेको थियो । स्थलगत मूल्यांकनका क्रममा फिचको ...
— निर्वाचन सम्पन्न भएपछि विदाइ भएर घर फर्कने बेला एक निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो । लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किने ...
— सामान्य वर्षा हुनासाथ आएको बाढीले फेमे खोलाको डाइभर्सन बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द भएको छ । बिहीबार साँझ पानी पर्नासाथ आएको बाढीले डाइभर्सनका लागि राखिएका हृयुम पाइप बगाएको थियो। हृयुमपाइप एकसय मिटर तलसम्म बगाएर लगेकाले सवारी र ढुवानीका साधन आउजाउ ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सदरमुकाम ...
— बेदकोट नगरपालिका–७ लालपुर चौराह नजिकै बिहीबार दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । उनीहरुले उचित क्षतिपुर्ती र दोषीमाथि कारवाहीको माग राख्दै शुक्रबार अत्तरिया-महेनद्रनगर खण्ड बिहानैदेखि सडक बन्द गराएका हुन् । मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा जम्मा भएर यातायात पूर्णरुपमा बन्द गराएका छन् । घटना शंकास्पद भएको भन्दै उनीहरुले सत्यतथ्य छानबिनको समेत ...
— जिल्लाको सहिदभूमि गाउँपालिकास्थित थलथले बजारमा बिहीबार अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको छ । बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरी म्याद गुज्रिएका खाद्यान्न जफत गरी नष्ट गरिएको हो । बजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य ...