मुख्य समाचार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताए
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताए

। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् ।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले ममाथि मुद्दा लागेको छ, कमिटीले मलाई बिदा गर्छ भने म बिदा भएर जान तयार छु।‘




उनले आफूमा पार्टी बनाउने आँट भने अझै रहेको बताए । ‘मेरो कुरा गर्ने हो भने ममा आँट छ। पार्टी बनाएर अगाडि बढ्ने कुराको सन्दर्भमा चुनौतीका साथ मैले भन्न चाहन्छु, यस्ता चुनौतीको सामना गर्दै आइएको छ। फेरि पनि चुनौतीको सामना गरिन्छ।‘

उनले थपे, ‘मेरो मान्यता छ- नबिराउनु, नडराउनु। मैले जीवनमा एक पैसा कसैको घुस खाएको छैन। मागेको मात्रै होइन, दिन आएकोलाई पनि अस्वीकार गरेको छु।‘



पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफूलाई परिवारले दिएको संस्कारमा गौरवबोध गर्ने उल्लेख गर्दै भने, ‘बुवाले त्यही संस्कार मलाई सिकाउनुभयो– बाबु, तिमी मिहिनेत गर।‘

उनले थपे, ‘कसैले मलाई भ्रष्टाचारको आरोप लगाउँछ भने अब धेरै बोल्न भएन। …तर म धेरै नरम मान्छे हुँ। झोक चलेपछि मभन्दा कडा मान्छे कोही पनि छैन। त्यसपछि म वार कि पारको लडाइँ लड्ने मान्छे हुँ।‘

उनले संविधानको २३९ नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकार तोकेको र यो संविधानमा छुट्टै व्यवस्था भएको पदाधिकारीको हकमा यो उपधारा अर्थात् अनुसन्धान गर्ने र तहकिकात गर्ने काम गर्न पाउने छैन, अख्तियारले पाउँदैन भनेको दाबी गरे ।

नेपालले धनुषामा हजारौं मान्छेले ‘तपाईं खुट्टा नकमाउनुहोस् कमरेड! मैदान छोडेर नभाग्नुस् तपाईं‘ भनेको उल्लेख गर्दै आफूले मैदान नछाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अरूभन्दा निकै राम्रो रहेको बताएका छन्। माओवादी केन्द्र समाज कल्याण विभागद्वारा मंगलबार ललितपुरमा आयोजित सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पार्टी कुनै हस्तक्षेप नगर्दा पनि आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तह अरूभन्दा निकै राम्रो रहेको बताएका ...
: झापाको कचनकवलमा सिचाईंको मोटरमा तार जोडने क्रममा करेन्ट लाग्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ सितागढी निवासी ५५ वर्षीय अरुण राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान उनको शव घर नजिकैको खेतबारीमा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्यु मोटरमा तार जोडने क्रममा भएको ...
: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडकको निरीक्षण गरेका छन्। मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमास्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण गरेको हो। त्यस क्रममा मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तीव्र पार्न निर्देशन दिए। नदीबाट हुने क्षति नियन्त्रणतर्फ पनि ध्यान दिन उनले आग्रह गरे। यस्तै उनले चीन तर्फ रोकिएका ...
। १४ वर्षदेखि अभिभावकविहीन भएर धुलिखेल नगरपालिका–७ मा रहेको बालगृहमा बस्दै आएकी स्वस्तिका केसीले अभिभावक र नागरिकता दुवै पाएकी छिन् । बेवारिसे अवस्थामा बीच बाटोमै छाडेर फरार भएका उनका बुबा बिष्णुराज केसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० बाट स्वस्तिकालाई नागरिकता बनाइदिएका हुन । स्वस्तिकाकाको नागरिकताको लागि वडाअध्यक्ष निलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय ...
। समाज कल्याण परिषद्ले विपद् संकटग्रस्त मधेश प्रदेशका समस्या सम्बोधनमा आफ्नो योजना केन्द्रित गर्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई आह्वान गरेको छ । परिषद्का अध्यक्ष समेत रहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मंगलबार मन्त्रालयमा संस्थाका प्रतिनिधिहरूलाई बोलाएर नियमित गतिविधिसँगै मधेसमा खानेपानी र सिंचाईमा काम गर्न आह्वान गरेका हुन् । परियोजनाको कुल बजेटको २० प्रतिशत नबढ्ने ...