मुख्य समाचार
स्कटल्याण्ड टी-२० विश्वकप छनोटबाट बाहिरियो
स्कटल्याण्ड टी-२० विश्वकप छनोटबाट बाहिरियो

। स्कटल्याण्ड आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ मा छनोट हुन असफल भएको छ।

नेदरल्याण्ड्समा जारी युरोपियन छनोट अन्तर्गत बिहीबार भएको खेलमा स्कटल्याण्ड जर्सीसँग १ विकेटले पराजित भयो।




यो स्कटल्याण्डको लगातार दोस्रो हार हो । यस हारपछि ४ खेलमा ३ अंक मात्र भएको स्कटल्याण्ड विश्वकपमा छनोट हुन सकेन ।

१३४ रनको लक्ष्य पछ्याएको जर्सीले खेलको अन्तिम ओभरको अन्तिम बलमा रोमाञ्चक जित निकालेको थियो।



जर्सीका लागि भने यो जितले विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ। अब आजै हुने इटली र नेदरल्याण्ड्सबीचको खेलको नतिजाले जर्सीको भाग्य निर्धारण गर्नेछ।

यदि इटालीले नेदरल्याण्ड्सलाई हराएमा जर्सी सिधै विश्वकपमा छनोट हुनेछ। नेदरल्याण्ड्सले इटलीलाई ठूलो अन्तरले हराए पनि जर्सीले नेट रनरेटको आधारमा छनोट हुने सम्भावना राख्दछ।

२०१६ यता लगातार टी–२० विश्वकप खेल्दै आएको स्कटल्याण्ड यसपटक भने छनोट हुन सकेन ।

छनोटमा हाल इटाली ३ खेलमा ५ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानको जर्सीको ४ खेलमा ५ अंक छ र नेट रनरेटमा पछाडि छ ।

तेस्रोमा नेदरल्याण्ड्सको ३ खेलमा ४ अंक छ । नेदरल्याण्ड्स स्कटल्याण्डसँग पराजित हुँदा जर्सी र गुएर्नसेलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...