मुख्य समाचार
राष्ट्रसंघले भन्यो : गाजामा मानवीय सहयता लिनेक्रममा सयौं मारिए
राष्ट्रसंघले भन्यो : गाजामा मानवीय सहयता लिनेक्रममा सयौं मारिए

। संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ ।

तीमध्ये अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रहरूसँग नजिकै भएको बताइएको छ ।




एक निजी प्रयोजनको रूपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले, गत मे २६ देखि गाजामा सेवा प्रदान गर्न थालेको हो ।

इजरायलले सोभन्दा अगाडि दुई महिनासम्म गाजामा खाद्य तथा अन्य सामग्रीको आपूर्ति रोकिदिएको थियो, जसका कारण गम्भीर भोकमरीको खतरा देखिएको थियो ।



संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले जिनेभामा पत्रकारहरूसँगको कुराकानीमा भनेका छन्, ‘मे २७ देखि जुलाई ७ सम्मको अवधिमा हामीले गाजा मानव सहायता प्रतिष्ठानका केन्द्रहरूसँग नजिकै ६१५ जनाको मृत्यु भएको अभिलेख गरेका छौँ ।’

उनका अनुसार, ‘अझ १८३ जनाको मृत्यु सम्भवत: सहायता सामग्री लादिएका सवारीहरूको मार्गमा भएको अनुमान गरिएको छ ।’

‘यसरी झण्डै ८०० जना नागरिकहरू सहयोग लिन खोज्दा ज्यान गुमाउन बाध्य भएका छन्,‘ शमदासानीले भने, ‘जसमा अधिकांशको मृत्यु गोली लागेर भएको देखिन्छ ।’

गाजा मानव सहायता प्रतिष्ठानको कामका क्रममा गाजा क्षेत्रमा संयुक्त राष्ट्रसंघको व्यापक सहायता वितरण प्रणाली लगभग निष्क्रिय भएको छ ।

सहायता लिन लामबद्ध भएका मानिसहरूमाथि प्राय:जसो इजरायली सुरक्षाकर्मीहरूले गोली चलाएको घटनाहरू देखिँदै आएका छन् ।

प्रतिष्ठानले बिहीबार एक विज्ञप्ति मार्फत हालसम्म ‘छ करोड ९० लाखभन्दा बढी भोजन सामग्री वितरण गरिएको’ उल्लेख गरेको थियो ।

तर, उसले आफ्ना वितरण केन्द्रहरूसँगै नजिक मृत्यु हुने घटनाहरू भएको कुरा अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘टास्क फोर्स’ ले स्वास्थ्य परीक्षण गर्ने संस्था अनुगमन थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएका स्वास्थ्य संस्थामा टास्क फोर्सले अनुगमन थालेको हो । स्वास्थ्य परीक्षण सम्बन्धी उजुरी आएका मेडिकलहरूमा टास्क फोर्सले अनुगमन थालेको मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म १६ वटा मेडिकलमा ...
। इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले इन्स्पेक्टर महतलाई पक्राउ गरिएको पुष्टि गरेको छ । चितवन प्रहरीका एक अधिकृत भन्छन्, ‘उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले महतलाई हिरासतमा लिएको हो । उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको ...
। प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको ...
। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् । अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले ...