मुख्य समाचार
बस दुर्घटना हुँदा २९ जना घाइते, ५ जना गम्भीर
बस दुर्घटना हुँदा २९ जना घाइते, ५ जना गम्भीर

: कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं.को बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्धभुमी नगरपालिका- ९ वेलनदीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। आइतबार बिहान ४ बजेतिर बस आफैँ अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २९ जना यात्रु घाइते भएका हुन्।

घाइतेहरूमध्ये ५ जना गम्भीर रहेका छन्। उनीहरुलाई थप उपचारको लागि बुटवल रेफर गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। सामान्य घाइतेहरू २४ जनाको चन्दौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको टफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पंकज चुदालीले बताए।

बिहानको समयमा चालक निदाएर बस दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। गाडी चालक प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। खोटाङमा जंगलमा रोकेर राखेको ट्रकमा एक हजार ३१५ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले शुक्रबार उक्त गाँजा फेला पारेको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडास्थित मध्यपहाडी लोकमार्गमा जंगलमा शंकास्पद अवस्थामा रोकेर राखेको ट्रकमा जाँच गर्दा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले ...

। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । उनी २८ साउनमा स्वदेश फर्किने भएका छन् । कांग्रेस नेता डा. प्रकाशशरण महतले पूर्वसभापति देउवा नेपाल फर्किने समय परिवर्तन भएको जानकारी दिए । उनका अनुसार पूर्वप्रधानमन्त्री देउवा आगामी बिहीबार (साउन २८ गते) मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने भएका छन् । कांग्रेस संस्थापन ...
। मधेश प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार शुक्रबारसम्म प्रदेशभर तीन लाख ६५ हजार २९१ दशमलव १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशका आठ जिल्लामध्ये सिरहा र बारामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने प्रदेश कृषि विकास निर्देशनालयका बागबानी ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद अमरेशकुमार सिंहले जनताका समस्याबारे राज्य संवेदनशील नभएको बताएका छन् । काभ्रेपलाञ्चोकका वृद्ध दम्पत्तिले उपचार नपाएर सुनकोशी नदीमा आत्मदाह गरेको प्रशंगमा फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सांसद सिंहले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाएका हुन् । ‘काभ्रेका केदारनाथ पराजुली र उनकी श्रीमती उपचार नपाएर सुनकोशीमा हाम फालेको सत्य हो भने यो राज्यको लागि ऐना हो,’ ...