मुख्य समाचार
जनताको विश्वास जित्ने आधार निर्माणका लागि राजनीतिक दलहरूले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताए
जनताको विश्वास जित्ने आधार निर्माणका लागि राजनीतिक दलहरूले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताए

: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको विश्वास जित्ने आधार निर्माणका लागि राजनीतिक दलहरूले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका छन्।



शनिबार भक्तपुरमा सोमप्रसाद मिश्रद्वारा लिखित शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले संसदीय प्रणालीमा राजनीतिक दलहरूले जनताको विश्वास जितेर पुन सदनमा आउनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका हुन्।



नीति निर्माण गर्ने ठाउँलाई खुला राख्दै, आफ्ना विचारहरू सदनमार्फत व्यक्त गर्दै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई प्रभावकारी बनाउन दलहरू गम्भीर हुनुपर्ने उनले बताए।




सभामुख घिमिरेले अहिले इमान्दारी र निष्ठापूर्वक अघि बढ्दै संस्था निर्माण गर्नुपर्ने आवश्यकता खड्किएको जिकिर गरे। जनताको चाहना र आवश्यकताको आधारमा राजनीतिक दलहरूले नीति र नेतृत्व निर्माण गर्दै त्यसलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्ने आजको आवश्यकता भएको उनको भनाइ छ।

सभामुख घिमिरेले नीति र नेतृत्व निर्माणमा देखापरेका चुनौतीहरूलाई सामना गर्दै अघि बढ्ने अवसर दलहरूसमक्ष आएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अरूभन्दा निकै राम्रो रहेको बताएका छन्। माओवादी केन्द्र समाज कल्याण विभागद्वारा मंगलबार ललितपुरमा आयोजित सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पार्टी कुनै हस्तक्षेप नगर्दा पनि आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तह अरूभन्दा निकै राम्रो रहेको बताएका ...
: झापाको कचनकवलमा सिचाईंको मोटरमा तार जोडने क्रममा करेन्ट लाग्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ सितागढी निवासी ५५ वर्षीय अरुण राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान उनको शव घर नजिकैको खेतबारीमा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्यु मोटरमा तार जोडने क्रममा भएको ...
: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडकको निरीक्षण गरेका छन्। मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमास्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण गरेको हो। त्यस क्रममा मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तीव्र पार्न निर्देशन दिए। नदीबाट हुने क्षति नियन्त्रणतर्फ पनि ध्यान दिन उनले आग्रह गरे। यस्तै उनले चीन तर्फ रोकिएका ...
। १४ वर्षदेखि अभिभावकविहीन भएर धुलिखेल नगरपालिका–७ मा रहेको बालगृहमा बस्दै आएकी स्वस्तिका केसीले अभिभावक र नागरिकता दुवै पाएकी छिन् । बेवारिसे अवस्थामा बीच बाटोमै छाडेर फरार भएका उनका बुबा बिष्णुराज केसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० बाट स्वस्तिकालाई नागरिकता बनाइदिएका हुन । स्वस्तिकाकाको नागरिकताको लागि वडाअध्यक्ष निलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय ...
। समाज कल्याण परिषद्ले विपद् संकटग्रस्त मधेश प्रदेशका समस्या सम्बोधनमा आफ्नो योजना केन्द्रित गर्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई आह्वान गरेको छ । परिषद्का अध्यक्ष समेत रहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मंगलबार मन्त्रालयमा संस्थाका प्रतिनिधिहरूलाई बोलाएर नियमित गतिविधिसँगै मधेसमा खानेपानी र सिंचाईमा काम गर्न आह्वान गरेका हुन् । परियोजनाको कुल बजेटको २० प्रतिशत नबढ्ने ...