मुख्य समाचार
गठबन्धन चुनावसम्मै जान्छ
गठबन्धन चुनावसम्मै जान्छ

: प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन चुनावसम्मै जाने बताएका छन्। झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा धनीपुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहने बताएका हुन्।



उनले आफ्नो नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्। उनले भने, ‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरू कराऊन्। सरकारको एक वर्ष बित्यो। अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु। त्यसपछि हाम्रो सहमति बमोजिम नेपाली कांग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ। चुनावसम्म यो यात्रा जारी रहन्छ। म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु।’




उनले देश विकासको गतिमा अग्रसर भएकोले निराशा र कुनै हल्लाको पछि लाग्नुनपर्ने बताउँदै शिक्षा र स्वास्थ आदिका क्षेत्रमा ठूलो परिवर्तन भएको जनताले अनुभव गरेको र अझै ठूलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा धनीपुर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए। उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै पारित गरिने जनाए। प्रधानमन्त्री ओलीले जमिन खेर जान नदिइ ठूला ठूला चाक्ला बनाएर व्यावसायिक खेती गरेर आर्थिक समृद्धिमा लाग्न आग्रह गरे।

भूमि समस्या समाधान आयोग, जि समितिद्वारा आयोजित कार्यक्रममा सो पालिकाका दुई सयलाई जग्गा धनीपूर्जा वितरण भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अरूभन्दा निकै राम्रो रहेको बताएका छन्। माओवादी केन्द्र समाज कल्याण विभागद्वारा मंगलबार ललितपुरमा आयोजित सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पार्टी कुनै हस्तक्षेप नगर्दा पनि आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तह अरूभन्दा निकै राम्रो रहेको बताएका ...
: झापाको कचनकवलमा सिचाईंको मोटरमा तार जोडने क्रममा करेन्ट लाग्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ सितागढी निवासी ५५ वर्षीय अरुण राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान उनको शव घर नजिकैको खेतबारीमा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्यु मोटरमा तार जोडने क्रममा भएको ...
: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडकको निरीक्षण गरेका छन्। मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमास्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण गरेको हो। त्यस क्रममा मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तीव्र पार्न निर्देशन दिए। नदीबाट हुने क्षति नियन्त्रणतर्फ पनि ध्यान दिन उनले आग्रह गरे। यस्तै उनले चीन तर्फ रोकिएका ...
। १४ वर्षदेखि अभिभावकविहीन भएर धुलिखेल नगरपालिका–७ मा रहेको बालगृहमा बस्दै आएकी स्वस्तिका केसीले अभिभावक र नागरिकता दुवै पाएकी छिन् । बेवारिसे अवस्थामा बीच बाटोमै छाडेर फरार भएका उनका बुबा बिष्णुराज केसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० बाट स्वस्तिकालाई नागरिकता बनाइदिएका हुन । स्वस्तिकाकाको नागरिकताको लागि वडाअध्यक्ष निलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय ...
। समाज कल्याण परिषद्ले विपद् संकटग्रस्त मधेश प्रदेशका समस्या सम्बोधनमा आफ्नो योजना केन्द्रित गर्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई आह्वान गरेको छ । परिषद्का अध्यक्ष समेत रहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मंगलबार मन्त्रालयमा संस्थाका प्रतिनिधिहरूलाई बोलाएर नियमित गतिविधिसँगै मधेसमा खानेपानी र सिंचाईमा काम गर्न आह्वान गरेका हुन् । परियोजनाको कुल बजेटको २० प्रतिशत नबढ्ने ...