मुख्य समाचार
गाजाको राहत केन्द्र नजिकै २४ जनाको मृत्यु
गाजाको राहत केन्द्र नजिकै २४ जनाको मृत्यु

: दक्षिणी गाजामा रहेको नासेर अस्पतालले राहत केन्द्र नजिकै २४ जनाको मृत्यु भएको जनाएका छ।



घटनास्थलमा उपस्थित प्यालेस्टिनीले शनिबार राहत केन्द्रमा खाना लिन पुगेको र इजरायली सेनाले गोली चलाएको बताएका छन्।



इजरायल रक्षा बल (आईडीएफ)ले आफ्नो तर्फबाट भएको गोलीबारीमा कोही पनि घाइते नभएको बताएको छ।




एक इजरायली सेना अधिकारीले भने,‘मानिसलाई तितरबितर पार्न चेतावनीपूर्ण गोली चलाइएको थियो। आईडीएफ ले खतरा महसुस गरेको कारणले गोली चलाइएको थियो।’

बीबीसीले दुवै पक्षको दाबी स्वतन्त्र रूपमा प्रमाणित नगर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले पूर्वतयारी बिना भन्सार बिन्दुमै एमआरपी (अधिकतम खुद्रा मूल्य) उल्लेख गर्नुपर्ने निर्णय गरेपछि आयात प्रभावित भएको मोरङ व्यापार संघले जनाएको छ । भन्सार बिन्दुमै अनिवार्य रूपमा एमआरपी उल्लेख नभएका सामग्री भन्सारमा रोकिएका छन् । सरकारको नियत सकारात्मक भए पनि स्पष्ट कार्यविधि र तयारी बिना नीति लागु गर्दा अधिकांश पैठारीकर्ताले समस्या भोग्नु परेको संघका अध्यक्ष अनुपम राठीले ...
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी रक्षा विभागले इरानसँगको युद्धको लागतको बारेमा झुट बोलिरहेको बताएका छन् । सामाजिक सञ्जाल एक्स मार्फत इरानका विदेशमन्त्री अराघचीले यस्तो बताएका हुन् । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकाले २५ अर्ब डलर खर्च गरेको बताएका थिए । उनले पोस्टमा लेखेका छन्, ‘पेन्टागनले झुट बोलिरहेको छ । नेतान्याहूको जुवाले अहिलेसम्म अमेरिकी डलर १०० अर्बको ...
। अमेरिकासँग वार्ताका लागि इरानले पाकिस्तानमार्फत नयाँ सर्त अघि बुझाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले शुक्रबार पाकिस्तानमार्फत आफ्नो पक्षले नयाँ सर्त पठाएको पुष्टि गरेका छन् । इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार पाकिस्तानले मध्यस्थताको भूमिका निर्वाह गरिरहेकाले बिहीबार साँझ इरानका सर्तहरू बुझाइएको बकाइले बताएका छन् । बकाइले बिहीबार साँझ नै एक टेलिभिजन कार्यक्रममा इरानको प्राथमिकता ...
। इरानका विदेशमन्त्री अब्बास अराघचीले पछिल्लो युद्धमा भएको खर्चबारे अमेरिका झुट बोलेको टिप्पणी गरेका छन् । यसअघि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकाको २५ अर्ब डलर खर्च भएको बताएका थिए । त्यसको शुक्रबार एक्समार्फत प्रतिक्रिया दिँदै इरानी विदेशमन्त्री अराघचीले अमेरिकी रक्षा मन्त्रालयले बास्तविक खर्च रकमबारे झुट बोलेको दाबी गरेका हुन् । ‘पेन्टागन झुट बोलिरहेको छ । ...
अमेरिकासँगको वार्तामा पाकिस्तान नै आधिकारिक मध्यस्थकर्ता भएको इरानले बताएको छ । बीबीसी न्यूज फारसीका अनुसार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इरान र अमेरिकाबीचको वार्तामा पाकिस्तान आधिकारिक मध्यस्थकर्ता भएको बताएका हुन् । उनले भने, ‘धेरै देशहरू यस सम्बन्धमा सहयोग गर्न तयार छन्, तर पाकिस्तान वार्तामा आधिकारिक मध्यस्थकर्ता हो।’ ‘यदि वार्ता गर्ने निर्णय भयो भने, हामी पारदर्शी रूपमा सबै ...