मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षण (क्याम्प)का लागि ३२ खेलाडीलाई बोलाए
नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षण (क्याम्प)का लागि ३२ खेलाडीलाई बोलाए

: नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षण (क्याम्प)का लागि ३२ खेलाडीलाई बोलाएको छ। आज एक विज्ञप्ति जारी गर्दै क्यानले टी–२० विश्वकप छनोटका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।



क्यानले मोहमद आदिल आलम (आदिल अन्सारी)लाई पनि बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले अन्सारीको प्रतिबन्ध फुकुवा गरेपछि पहिलो पटक बन्द प्रशिक्षणमा अटाएका हुन्। स्पट फिक्सिङको आरोपमा आदिल आलम प्रतिबन्धमा परेका थिए।



बन्द प्रशिक्षणमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, अनिल साह, आसिफ शेख, भीम सार्की, गुल्शन झा, रुपेश सिंह, बसीर अहमद, शहाब आलम, युवराज खत्री, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख, नन्दन यादव, करण केसी, सोमपाल कामी, ऋजन ढकाल, प्रतिश जिसी, ललित राजवंशी, कमलसिंह ऐरी छन्।




यस्तै सागर ढकाल, किरण ठगुन्ना, सन्दीप लामिछाने, आकाश चन्द, विवेक यादव, मोहम्मद अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शेर मल्ल, सुभ कंसाकार, अर्जुन घर्ती र लोकेश बम छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...