मुख्य समाचार
(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको पनि एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताए
(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको पनि एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताए

। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको पनि एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका छन् ।

विरा एजुकेसन कन्सलट्यान्सीले नेपाली महिला राष्ट्रिय टिमकी उपकप्तान पुजा महतोलाई ब्राण्ड एम्बासडर घोषणा गर्ने कार्यक्रममा क्यान अध्यक्ष चन्दले महिला क्रिकेटको एकदिवसीय क्रिकेट यसै वर्ष आयोजना गर्ने बताएका हुन् ।




उनले महिला क्रिकेटको विकास गर्न र महिलाको पनि ओडिआई मान्यता पाउनका लागि एकदिवसीय क्रिकेट प्रतियोगिता आवश्यक रहेको जनाएका हुन् ।

‘मैले एउटा घोषणा धनगढीमा पनि गरेको थिएँ । महिला क्रिकेटका लागि वान डे सुरु गर्छौं यसपालि’ अध्यक्ष चन्दले भने, ‘किनभने देशमा हामी महिलाको वान डे गर्दैनौं । तर हामीले ओडिआई मान्यता दिएन भनेर आईसीसीलाई भन्ने हामीसँग आधार हुँदैन ।’



चन्दले यस वर्ष कम्तीमा पनि चार टिम सहभागी गरेर एकदिवसीय महिला क्रिकेट गर्ने जानकारी दिए । ‘यस वर्ष पटक कम्तीमा चार टिमको ओडिआई प्रतियोगिता आयोजना गरेर महिला क्रिकेटलाई अघि बढाउछौं’ उनले भने ।

महिला क्रिकेटको पनि एकदिवसीय प्रतियोगिता गरेपछि महिलाको ओडिआई मान्यता पाउन आधार बन्ने चन्दको भनाई छ । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वार्षिक क्यालेन्डरमा पनि महिलाको ५० ओभरको इलिट कप प्रतियोगिता गर्ने भनेर समावेश गरेको छ । क्यालेन्डरमा अक्टोबरमा उक्त प्रतियोगिता गर्ने उल्लेख छ ।

पछिल्लो समयमा नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको सफलताले नेपाली महिला क्रिकेट फेरि एक पटक हाइटलाइट भएको छ ।

नेपाली यू-१९ महिला क्रिकेट टिमले गत वर्ष पहिलो पटक आईसीसी यू-१९ महिला क्रिकेट विश्वकप खेलेर इतिहास रचिसकेको छ । त्यस टिमको कप्तान पुजा महतो नै थिइन् ।

यस्तै इन्दु बर्माको कप्तानीमा रहेको सिनियर महिला टिमले महिला टी-२० विश्वकपको एसियन क्वालिफायर पार गर्दै ग्लोबल क्वालिफायरमा स्थान बनाएर अर्को ऐतिहासिक सफलता हात पारिसकेको छ ।

सन् २०२६ मा इंग्लयाण्डमा हुने महिला टी२० विश्वकपका लागि अब नेपाली महिला टोलीले १० टोली सम्मिलित ग्लोबल क्वालिफायर खेल्नेछ । त्यसमा शीर्ष चार स्थानमा रहने टोलीले महिला टी२० क्रकेट विश्वकप खेल्नेछ ।

यसैगरी क्यान अध्यक्ष चन्दले महिलाको पनि एनपीएल आयोजना गर्ने योजना पनि रहेको बताए । महिलाको एनपीएल कहिले हुन्छ भन्ने प्रश्नमा चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको रिभेन्यु आएपछि त्यसैबाट महिला क्रिकेटमा लगानी गर्ने बताए ।

‘चाहिने कुरा भनेको पैसा नै हो । एनपीएलको पहिलो सिजनमा नाफामा छैन । घाटामा नभएपनि धेरै नाफा छैन । एनपीएलको रिभेन्यु आएपछि त्यसो पैसा महिला क्रिकेटमा पनि लगानी गर्ने हो’ चन्दले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...