मुख्य समाचार
बेलायतको लन्डनस्थित साउथएन्ड विमानस्थलमा एउटा सानो विमान दुर्घटना
बेलायतको लन्डनस्थित साउथएन्ड विमानस्थलमा एउटा सानो विमान दुर्घटना

। बेलायतको लन्डनस्थित साउथएन्ड विमानस्थलमा एउटा सानो विमान दुर्घटना भएको छ । विमान उडेलगत्तै खसेर आगो लागेको थियो । विमान दुर्घटनामा भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन ।

यो दुर्घष्टना पछि अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको छ । यात्राका लागि टिकट काटेका यात्रुहरूलाई सम्बन्धित विमान कम्पनीहरुलाई सम्पर्क गर्न भनिएको छ ।




श्रीमती र छोराछोरीसँग विमानको गतिविधि हेर्न विमानस्थल गएका जोनसनले बीबीसीसँग भनेका छन्, ‘उडेको केही सेकेन्डमै विमान झन्डै उल्टो भयो र जमिनमा खस्यो । त्यहाँ ठूलो विस्फोट भयो र धुवाँको मुस्लो देखियो ।’

विमानमा कति जना चढेका थिए र उनीहरुको अवस्था के छ भन्ने अहिले खुलिसकेको छैन । विमान दुर्घटनाको कारण पनि खुलेको छैन । प्रहरीले हवाई दुर्घटना जाँच शाखासँग मिलेर अनुसन्धान गरिरहेको जनाएको छ ।



वरिष्ठ प्रहरी प्रमुख मोर्गन क्रोनिनले भनेका छन्, ‘प्रारम्भिक चरणमा हामीलाई आवश्यक सबै जानकारी संकलन गर्नु अत्यावश्यक छ र पीडितलाई निरन्तर सहयोग जारी राख्नुपर्ने छ ।’

प्रहरीले मानिसहरूलाई आपतकालीन सेवाका फोनलाइनहरू खुला गरेको जानकारी दिँदै सो घटनासम्बन्धी सूचना दिनका लागि ‘मेजर इन्सिडेन्ट पोर्टल’ प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्। उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्। तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्। अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको ...