मुख्य समाचार
यानिक सिनरले स्पेनका कार्लोस आल्काराजलाई पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि जिते
यानिक सिनरले स्पेनका कार्लोस आल्काराजलाई पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि जिते

। विश्व नम्बर एक खेलाडी यानिक सिनरले स्पेनका कार्लोस आल्काराजलाई पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि जितेका छन्।

इटालीका २३ वर्षीय सिनरले अल इङ्ल्याण्ड क्लबको सेन्टर कोर्टमा भएको फाइनलमा आल्काराजलाई ४–६, ६–४, ६–४, ६–४ ले हराए। सुरुवाती सेट गुमाएपनि सिनरले त्यसपछि लगातार ३ सेट जिते ।




यसअघि फ्रेन्च ओपनमा सिनर आल्काराजसँग पाँच सेटको रोमाञ्चक खेलमा हार्न पुगेका थिए। त्यतिबेला सिनर दुई सेटले अगाडि थिए र तीनवटा च्याम्पियनसिप पोइन्ट गुमाएका थिए। तर यसपटक उनले आत्मविश्वासपूर्वक खेल्दै गत वर्षका दुई पटकका च्याम्पियन आल्काराजको विजयी यात्रा तोडे।

सिनरले चौथो सेटमा ३–१ को अग्रता बनाउँदै अन्ततः खेल आफ्नो पक्षमा पारे। यो उपाधिसँगै सिनरले आफ्नो चौथो ग्रान्डस्लाम जितेका हुन्, ग्रास कोर्टमा भने यो उनको पहिलो उपाधि हो । यसअघि उनले हार्ड कोर्टमा मात्र उपाधि जितेका थिए।



उनी यस वर्षको सुरुमा तीन महिनाको डोपिङ प्रतिबन्धपछि फर्केका थिए। यस जितसँगै उनले पुनरागमनलाई प्रेरणादायी बनाएका छन्।

यो पराजयले २२ वर्षीय आल्काराज ओपन एरामा लगातार तीन विम्बल्डन उपाधि जित्ने पाँचौं खेलाडी बन्नबाट भने चुकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम