मुख्य समाचार
‘सुपरम्यान’ बन्यो २०२५ मा उच्च ओपनिङ गर्ने हलिउड सुपरहिरो फिल्म
‘सुपरम्यान’ बन्यो २०२५ मा उच्च ओपनिङ गर्ने हलिउड सुपरहिरो फिल्म

। जेम्स गन निर्देशित डीसी ब्रम्हाण्डको हलिउड सुपरहिरो फिल्म ‘सुपरम्यान’को पछिल्लो श्रृंखलाले पहिलो सप्ताहन्त विश्व बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ ।

यो फिल्मले शुक्रबारदेखि आइतबारसम्म विश्वभर २१० देखि २१५ मिलियन डलर ओपनिङ गर्ने प्रक्षेपण छ । जसमध्ये ११५-१२२ मिलियन डलर उत्तर अमेरिका र ९०-९५ मिलियन डलर अन्तर्राष्ट्रिय बजारमा कमाइ हुने अनुमान छ ।




शुक्रबार मात्रै उत्तर अमेरिकामा यसले ५६.५ मिलियन डलर ओपनिङ गरेको छ । यो ओपनिङ सन् २०२५ को दोस्रो ठूलो ओपनिङ हो । यसैवर्ष रिलिज भएको ‘अ माइनक्राफ्ट मूभी’ले ५७.११ मिलियन डलरको ओपनिङ गरेको थियो ।

‘सुपरम्यान’को यो ओपनिङ सन् २०२४ मा रिलिज भएको ‘डेडपुल एन्ड वुल्भरिन’ पछिको सबैभन्दा ठूलो सुपरहिरो ओपनिङ हो । सन् २०१७ मा रिलिज भएको डीसीको फिल्म ‘वन्डर वुमन’ पछि डीसी स्टुडियोको बलियो ओपनिङ हो ।



निर्विवाद के हो भने, ‘सुपरम्यान’ यसवर्षको अहिलेसम्म सबैभन्दा उच्च ओपनिङ गर्ने सुपरहिरो फिल्म बनेको छ । यो फिल्मले व्यवसायिक मात्र होइन, समीक्षकबाट समेत उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ ।

निर्देशक गनले यसअघि ‘गार्जियन्स अफ द ग्यालेक्सी’बाट ३ संस्करणलाई निर्देशन गरिसकेका छन् । यस फिल्ममा डेभिड कर्नस्वेटले सुपरहिरो पात्रको रुपमा अभिनय गरेका छन् ।

यो फिल्म अहिले नेपालमा समेत प्रदर्शन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...
। प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ तथा शुभकामना दिएका छन् । बालेनले दुवै अवार्डमा सिफारिस र मनोनयन भएको ग्राफिक्स तस्वीर सामाजिक संजालमा सेयर गर्दै फिल्म हेर्न आग्रह गरेका छन् । लेख्छन्- हलमा दोस्रो हप्तामा लाग्दैछ है । अविनाशविक्रम ...
। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए । उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी ...
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम