मुख्य समाचार
साउथका प्रसिद्ध खलनायक कोटा श्रीनिवासको निधन
साउथका प्रसिद्ध खलनायक कोटा श्रीनिवासको निधन

सन अफ सत्यमूर्ति, टेम्पर, येवादुजस्ता प्रसिद्ध फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका लोकप्रिय दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवासको आइतबार निधन भएको छ ।

उनले केही दिनअघि मात्र ८३ औं जन्मदिन मनाएका थिए । उनी लामो समयदेखि बिरामी थिए । उनले आइतबार बिहान हैदराबादको जुबली हिलस्थित आफ्नो बंगलामा अन्तिम सास फेरे ।




उनले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनलाई सन् २०१५ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।

सफल फिल्म करिअर बाहेक उनले राजनीतिमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । सन् १९९९ देखि २००४ सम्म, उनी आन्ध्र प्रदेशको विजयवाडा पूर्वका विधायक थिए ।



तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले भावुक हुँदै लेखेका छन्, ‘प्रख्यात अभिनेता कोटा श्रीनिवास राव गरुको निधनले गहिरो स्तब्ध छु । उनको अनुपस्थिति फिल्म उद्योगको लागि अपूरणीय क्षति हो । कोटा गरु भौतिक रूपमा हामी माझ नरहे पनि, उनले निर्वाह गरेका भूमिकामार्फत उनी तेलुगु जनताको हृदयमा सधैं बाँच्नेछन् । उनको आत्माले शान्ति पाओस् भनी भगवानसँग प्रार्थना गर्दछु । परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

कोटा श्रीनिवासलाई श्रद्धाञ्जली अर्पण गर्दै आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लेखेका छन्, ’आफ्नो भूमिकाले सिनेमा दर्शकको मन जित्ने प्रसिद्ध अभिनेता कोटा श्रीनिवास रावको निधन अत्यन्तै दुःखद छ ।’

कोटा श्रीनिवासले अल्लु अर्जुनसँग फिल्म ‘सन अफ सत्यमूर्ति’मा काम गरेका थिए । यसबाहेक उनले अमिताभ बच्चनको फिल्म ‘सरकार’मा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले हिन्दी फिल्म प्रतिघात, रक्त चरित्र र टाइगर श्राफको बागीमा पनि खलनायकको भूमिका निर्वाह गरेका छन् ।

उनी अन्तिम पटक सन् २०२३ मा आएको फिल्म ‘कब्जा’मा देखिएका थिए । फिल्ममा उपेन्द्र राव, राजकुमार, किच्चा सुदीप, श्रिया शरणको मुख्य भूमिका थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम