मुख्य समाचार
ट्रम्पले युक्रेन-रूस युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै
ट्रम्पले युक्रेन-रूस युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रूस युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै छन् ।

तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न खोजेका ट्रम्पले रूसी नेता पुटिनसँग अधीरता व्यक्त गर्दै सप्ताहन्तमा युक्रेनका लागि नयाँ हतियार भण्डारको घोषणा गरेका छन् ।




‘हामी उनीहरूलाई प्याट्रियट्स पठाउनेछौं, यो उनीहरूका लागि अति आवश्यक छ,’ ट्रम्पले आइतबार अमेरिकी हवाई प्रतिरक्षा प्रणालीलाई सङ्केत गर्दै भने ।

उनले आफूले कति वटा हतियार पठाउने भन्नेबारे केही खुलाएनन् तर उनले ‘कडा वक्तव्य दिने’ बताए । राष्ट्रपति ट्रम्पलगायतका अमेरिकी उच्च अधिकारीसँग सोमबार छलफल गर्न नेटोका महासचिव मार्क रुट वासिङ्टन पुगेका छन् ।



ह्वाइट हाउसले यसै महिनाको सुरुमा किएभलाई केही हतियार आपूर्ति रोक्ने र त्यसको साटो नयाँ सम्झौताको घोषणा गरेको थियो जसमा नेटोले युक्रेन पठाउनका लागि केही अमेरिकी हतियार खरिद गर्ने उल्लेख छ ।

नेटोले जारी गरेको विज्ञप्तिमा रुट सोमबार र मङ्गलबार वासिङ्टनमा रहने र रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियोसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

रुटको ओभल अफिसको सोमबार बिहान १० बजे बस्ने बैठक मिडियाका लागि बन्द खुला रहनेछैन ।

ट्रम्पले भने, ‘हामी मूलतः उनीहरूलाई सेनाका विभिन्न अत्याधुनिक सामग्रीहरू पठाउन गइरहेका छौँ र उनीहरूले त्यसका लागि हामीलाई शतप्रतिशत तिर्नेछन् ।’

‘यो हाम्रो लागि व्यापार हुनेछ,’ उनले थपे ।

ट्रम्पले रुसी नेता पुटिनसँग आफू ‘निराश’ भएको पनि दोहोर्‍याए ।

‘पुटिनले धेरै मानिसहरूलाई आश्चर्यचकित पार्नुभएको छ । उहाँले दिनमा राम्रो कुरा गर्नुहुन्छ र त्यसपछि साँझमा व्यापक गोलावारी गर्नुहुन्छ,’ आइतबार न्यूजर्सीमा फिफा क्लब विश्वकप फाइनल हेरेर फर्कने क्रममा ट्रम्पले भने ।

गत हप्ता ट्रम्पले पुटिनले युक्रेनबारे वासिङ्टनमाथि ‘बकवास’ गरेको आरोप लगाएका थिए ।

गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै ट्रम्पले युक्रेनमा जारी युद्धलाई छिटो अन्त्य गर्न रुसी नेतासँग मिलेर काम गर्न सक्ने बताएका थिए ।

तर रूसले अमेरिका र युक्रेनले प्रस्ताव गरेको युद्धविरामको प्रस्तावलाई महिनौंदेखि अस्वीकार गर्दै आएको छ ।

ट्रम्पले मस्कोमाथि प्रतिबन्ध लगाउन आफू तयार हुन सक्ने सङ्केत गरेका छन् र त्यसैका लागि अमेरिकी संसद्मा निवारक प्याकेजको लागि गति बढिरहेको छ।

रूसविरुद्ध कुनै कर लगाउने कि नलगाउने भन्ने प्रश्नमा ट्रम्पले भने, ‘ठीक छ, हामी भोलि के आवश्यक देख्नेछौं? त्यही गर्नेछौँ ।’ एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ। 'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी ...
: युरोपेली संघका नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन्। यसअघि,युरोपेली नेताहरूले युद्धका कारण फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गरेका थिए। नेताहरूले यो सम्झौताले आगामी दुई वर्षको लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका छन्। ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढी समयको वार्तापछि ...
: बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना भएको छ। राजधानी ढाकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटनाहरू भएका छन्। बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि ढाकाको धनमन्डी,शाहबागलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। यसैबीच,बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ...
— बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्। आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय ...
— अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम