मुख्य समाचार
अमेरिकाले युक्रेनलाई थप आधुनिक सैन्य उपकरण दिने
अमेरिकाले युक्रेनलाई थप आधुनिक सैन्य उपकरण दिने

: राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई थप आधुनिक सैन्य उपकरण दिने बताएका छन्। डोनाल्ड ट्रम्पले युक्रेनमा पठाइने हतियारको संख्या खुलाएका छैनन्।



उनले भने,‘हामी युक्रेनलाई आवश्यक पर्ने हतियार पठाउनेछौं।’



डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको हालैको छलफलप्रति निराशा व्यक्त गरेका छन्। त्यसपछि ट्रम्पले युक्रेनलाई थप हतियार दिने घोषणा गरेका हुन्।




ट्रम्पले भने,‘पुटिनले धेरै मानिसलाई साँच्चै चकित पारेका छन्। उनी राम्रा कुरा भन्छन् र साँझ सबैमाथि बम खसाल्छन्। त्यसैले त्यो अलि समस्या हो। मलाई यो मन पर्दैन।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सैनिक हटाउने निर्णय गरेको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार यो प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र पूरा हुनेछ। यो कदम सीधै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच भएको सवाल-जवाफ पछि चालिएको हो। मर्जले गत महिना एक कार्यक्रममा अमेरिकाको कुनै राम्रो योजना नभएको बताएका थिए। यस युद्धबाट कसरी ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार हासिल गर्न नदिने स्पष्ट पारेका छन्। ट्रम्पका अनुसार, इरानले परमाणु हतियार प्राप्त गर्नु भनेको सम्पूर्ण विश्वको सुरक्षाका लागि ठूलो खतरा हो र यही कारणले अमेरिका इरानविरुद्ध युद्धमा उत्रिनुपरेको हो। शनिबार फ्लोरिडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘यदि हामीले यस्तो नगरेको भए, उनीहरूसँग परमाणु ...
। इरान युद्धका कारण साउदी अरबमा मदिार आपूर्ति प्रभावित भएको छ । साउदी अरबमा मदिरा पारखीहरूले समाचार एजेन्सी रोयटर्सलाई युद्धका कारण मदिराको आपूर्तिमा ढिलाइ भएरहेका बताएका छन् । बीबीसीका अनुसार साउदी अरबमा मदिराको एक सरकारी पसल छ । उक्त पसल रियादको कूटनीतिज्ञहरूको सरकारी अवासहरू रहेको क्षेत्रमा छ । पछिल्लो पटक मदिरा खरिदका लागि गएका गएका पाँच जनाले पसलमा ...
। उत्तर कोरिया र रुसले आफ्नो सैन्य सम्बन्धलाई संस्थागत रूप दिँदै अझै बलियो बनाउने कदम चालेका छन् । गत आइतबार प्योङयाङमा युक्रेन युद्धमा ज्यान गुमाएका उत्तर कोरियाली सैनिकहरूको सम्मानमा निर्मित ‘मेमोरियल म्युजियम अफ कम्ब्याट फिट्स’ को उद्घाटन गरिएको हो । यसै साता रुसी रक्षामन्त्री आन्द्रेई बेलोउसोभले उत्तर कोरियाली नेता किम जोङ-उनसँगको भेटमा आगामी सन् २०२७ देखि २०३१ ...
। सरकारले पूर्वतयारी बिना भन्सार बिन्दुमै एमआरपी (अधिकतम खुद्रा मूल्य) उल्लेख गर्नुपर्ने निर्णय गरेपछि आयात प्रभावित भएको मोरङ व्यापार संघले जनाएको छ । भन्सार बिन्दुमै अनिवार्य रूपमा एमआरपी उल्लेख नभएका सामग्री भन्सारमा रोकिएका छन् । सरकारको नियत सकारात्मक भए पनि स्पष्ट कार्यविधि र तयारी बिना नीति लागु गर्दा अधिकांश पैठारीकर्ताले समस्या भोग्नु परेको संघका अध्यक्ष अनुपम राठीले ...