मुख्य समाचार
उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता
उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता

। उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता भएको छ ।

मिडिया रिपोर्टअनुसार, यस सम्झौता अनुसार अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियारसहित ३० करोड डलर बराबरको सहायता प्याकेज पठाउने छ । यो सहायता प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीका रकेटहरू समावेश हुनेछन् । यद्यपि यी हतियारबारे अन्तिम निर्णय भने बाँकी नै रहेको बताइएको छ ।




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार नै अमेरिकाले नाटोमार्फत युक्रेनलाई हतियार पठाउने र त्यसको सम्पूर्ण खर्च नाटोले बेहोर्ने बताएका थिए ।

नाटो एक अन्तर्राष्ट्रिय सैन्य गठबन्धन हो । अमेरिका स्वयं नाटोको सदस्य हो । सन् २०२५ सम्म नाटोका ३२ सदस्य राष्ट्र छन् । यसको उद्देश्य सदस्य राष्ट्रहरूको सामूहिक सुरक्षाको सुनिश्चितता गर्नु र बाह्य आक्रमणबाट रक्षा गर्नु हो । अमेरिकाले नाटोले गर्ने खर्चको ६६ प्रतिशत हिस्सा बेहोर्छ ।



ट्रम्पले सोमबार प्रेसिडेन्सियल ड्रडाउन अथोरिटी अन्तर्गत युक्रेनलाई हतियार पठाउने अनुमति दिएका छन् । यो एउटा कानुनी प्रक्रिया हो, जसबाट राष्ट्रपतिको अधिकार अन्तर्गत आपतकालीन अवस्थामा अमेरिकी भण्डारबाट सीधै हतियार पठाउन अनुमति हुन्छ ।

यसअघि ट्रम्प नेतृत्वको वर्तमान सरकारले पूर्वराष्ट्रपति जो बाइडनद्वारा स्वीकृत हतियार मात्र युक्रेनलाई पठाएको थियो ।

पहिले अमेरिकाले सिधै युक्रेनलाई हतियार पठाउँथ्यो, तर अब यो प्रक्रिया नाटोमार्फत हुने ट्रम्पले बताएका छन् । ट्रम्पले भनेका छन्, ‘हामी नाटोलाई हतियार दिनेछौं र नाटोले यसको सम्पूर्ण रकम तिर्नेछ । त्यसपछि नाटोले युक्रेनलाई ती हतियार दिनेछ ।’

रूसी राष्ट्रपति पुटिनप्रति ट्रम्पको असन्तुष्टि

ट्रम्पले यो कदम रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति बढ्दो असन्तुष्टि पश्चात् उठाएको बीबीसीले जनाएको छ । ट्रम्पले जुलाई ७ मा ह्वाइट हाउसमा पत्रकार भेटघाटमै रूसी राष्ट्रपति पुटिनसँग खुसी नरहेको बताएका थिए ।

उनले भनेका थिए, ‘पुटिनले आफ्ना गतिविधिहरू नरोक्दा म साँच्चै खुसी छैन ।’ ट्रम्पले रुस र युक्रेनबीच युद्धविरामका लागि संवाद गरेका थिए, तर पुटिनले युद्धविराम अस्वीकार गरेका थिए ।

युक्रेनलाई ९० हजार करोडको सहायता

इटालीको राजधानी रोममा गत जुलाई १० र ११ रारिखमा युक्रेनको पुनर्निर्माण सम्बन्धी एक सम्मेलन आयोजना भएको थियो ।

सो सम्मेलनले युक्रेनलाई १० अर्ब युरो (९० हजार करोड रुपैयाँ) सहायता दिने निर्णय गरेको इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले बताएकी छन् ।

यसैगरी युरोपियन आयोगले २.३ अर्ब युरो (झन्डै २.७ अर्ब डलर) सहायता घोषणा गरेको छ ।

युक्रेन पुनर्निर्माण सम्मेलनमा ३८ देश र कैयौं अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी भएका थिए । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की पनि सम्मेलनमा सहभागी थिए ।

जेलेन्स्कीले सम्मेलनमा रुसका सम्पत्तिहरू युक्रेनको पुनर्निर्माणका लागि प्रयोग गरिनु पर्ने बताएका थिए । उनले रुससँग लड्नका लागि युक्रेनमा हतियार आपूर्ति बढाउने मागसमेत गरेका थिए ।

रुसमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकाको तयारी



यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसका विदेशमन्त्री सर्गेई लावरोभसँग मलेसियामा ५० मिनेट लामो वार्ता गरेका छन् । वार्ताको क्रममा आफूले रुसलाई युद्ध अन्त्य गर्न आग्रह गरेको रुबियोले बताएका छन् ।

नत्र रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी पनि उनले दिए । ‘हामीले यो संघर्ष अन्त्यका लागि तयारी सुरु गर्न आवश्यक छ,’ रुबियोले भने, ‘नत्र ट्रम्प प्रशासन अमेरिकी सिनेटसँग मिलेर रुसमाथि लगाउन सकिने सम्भावित नयाँ प्रतिबन्धबारे विचार–विमर्श गर्नेछ ।’

रुष्ट रुसले युक्रेनमा हान्यो ४ सय बढी ड्रोन र १८ मिसाइल

अमेरिकाले नाटोमार्फत् युक्रेनलाई हतियार सहयोग गर्ने सूचना पाएपछि रुष्ट भएको रुसले बिहीबार बिहान ४ सय बढी ड्रोन र १८ मिसाइल प्रहार गरेको थियो । राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसी हमलामा दुई जनाको मृत्यु भयो भने १६ जना घाइते भए ।

जेलेन्स्कीले बताएअनुसार, यस हमलाको मुख्य लक्ष्य राजधानी कीभ थियो । आक्रमण हुँदा अधिकांश मानिसहरू घरमै सुतिरहेका थिए ।

प्रहरीका अनुसार कीभमा रुसले गरेको आक्रमणबाट आवासीय भवन, गाडी, गोदाम, कार्यालय र गैरआवासीय संरचनाहरूमा आगो लागेको थियो । कीभको एक आवासीय भवनको छानामा ड्रोनको टुक्रा खस्दा लागेको आगोले पूरै शहरभरि उज्यालो देखिएको थियो ।

रुसले कीभका ८ जिल्लालाई लक्षित गरेको थियो । गृहमन्त्री इहोर क्लिमेन्कोका अनुसार, कीभको एउटा मेट्रो स्टेसनमा ६८ वर्षीया एक महिला र २२ वर्षका एक प्रहरी अधिकारीको मृत्यु भएको छ । एक प्राथमिक स्वास्थ्य केन्द्रसमेत ध्वस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्। उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्। तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्। अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको ...