मुख्य समाचार
भारतीय अभिनेता तथा निर्माता धीरज कुमारको निधन
भारतीय अभिनेता तथा निर्माता धीरज कुमारको निधन

: भारतीय अभिनेता तथा निर्माता धीरज कुमारको निधन भएको छ। ८० वर्षीय धीरजको मंगलबार मुम्बईको धीरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो।



निमोनियाका कारण उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान ११ : ३० बजे निधन भएको बीबीसीमा समाचार छ।

उनले 'उधर का सिन्दूर','सरगम', 'रोटी कपडा और मकान','स्वामी','रातों का राजा', 'हीरा पन्ना', 'क्रांति', 'माङ भरो सजना', 'पुरानो मन्दिर', 'कर्म युद्ध', 'बहुरूपिया'लगायत दर्जनौं फिल्महरूमा काम गरेका छन्।

सन् १९८६ मा धीरज कुमारले आफ्नो निर्माण कम्पनी 'क्रिएटिभ आइ' स्थापना गरेका थिए। यस निर्माणमा धेरै चलचित्रहरू बाहेक लोकप्रिय पौराणिक धारावाहिकहरू पनि निर्माण भएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम