मुख्य समाचार
अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु
अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

। अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ ।

लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।




दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन ।

लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय एक अनलाइनले लेखेको समाचारअनुसार असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । अर्को एक अनलाइन माईआर्कलामिस डटकमले पनि दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको समाचार लेखेको छ । तर त्यसमा पनि उनीहरुको नेपालको ठेगाना उल्लेख छैन ।



प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । सो कारमा ओलीसहित अरु दुई जना पनि थिए । भारी वर्षा भइरहेका बेला सो कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको थियो । प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।

कारमा सवार अन्य दुई जना भने घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

विश्वविद्यालयबाट शोक व्यक्त

लुइजियाना टेक विश्वविद्यालयले घटनापछि शोक विज्ञप्ति जारी गर्दै दिवंगत विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । तर त्यसमा मृतक विद्यार्थीहरुको नाम–ठेगाना भने उल्लेख छैन ।

विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले घटनाबारे जानकारी दिँदै फेसबुकमा लेखेका छन्, ‘हामीले हेरचाहलाई मूल्यवान आदर्शको रूपमा अँगालेका छौं । सधैं एकअर्काको हेरचाह गरिरहनुहोस् ।’

विश्वविद्यालयका अनुसार विद्यार्थीहरूलाई परामर्श सेवा पनि उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग गरेको छ । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कात्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ...
। भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको शव नेपाल ल्याउने ...
— म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार गरिएको छ । थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो । उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नं. आरए ...
— मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रबाट ८ सय ४३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८ सय ८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्मको भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दिन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश तथा ...
: दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्था नभएका कारण शोकमा डुबेका परिवारले शव नेपाल लैजान निकै सास्ती खेप्नु परिरहेको छ। विद्यार्थीको मृत्यु भएमा परिवारका सदस्य एवं कोरियास्थित नेपाली ...