मुख्य समाचार
अभिनेता राजेश हमालसहितका सेलिब्रेटीले धुम्बाराही चोकमा खुलेको ‘होटल स्मार्ट’को उद्घाटन
अभिनेता राजेश हमालसहितका सेलिब्रेटीले धुम्बाराही चोकमा खुलेको ‘होटल स्मार्ट’को उद्घाटन

। अभिनेता राजेश हमालसहितका सेलिब्रेटीले धुम्बाराही चोकमा खुलेको ‘होटल स्मार्ट’को उद्घाटन गरेका छन् ।

सोमबार साँझ हमालसहित प्रमोद खरेल, गायिकाद्धय मिलन नेवार, मेलिना राई, ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौड्याल, होस्ट सुशिल नेपाल र टिभी कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले होटल उद्घाटन गरे ।




‘यदि तपाईहरूलाई यो होटल मनपर्‍यो भने पक्कै पनि मेरो घर पनि मन पर्नेछ’ पानसमा बत्ती बालेर उद्घाटन गर्दै हमालले भने, ‘किनभने, यो होटल जसले डिजाइन गर्नुभएको हो, उहाँहरूले नै मेरो नयाँ घर पनि डिजाइन गर्नुभएको हो ।’





केही महिनअघि हमाल बुढानिलकण्ठस्थित नयाँ घरमा सरेका छन् । गायक खरेलसहित मेलिना र मिलनले ‘द भ्वाइस’को नयाँ स्टुडियो पनि नजिकै रहेकाले होटल रिफ्रेसको लागि पायक पर्ने बताए ।

४० करोड रुपैयाँको लागतमा निर्माण भएको होटल स्मार्टमा १७ वटा कोठा सहित ६ सय क्षमताको बैंकेट हल, सय क्षमताको रेष्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना स्टिम र जाकुजी सहित रुप टप गार्डेन र रेष्टुरेन्ट छ ।

होटललाई ३५ बर्षीय युवा सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए । ‘चलचित्र ...
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम