मुख्य समाचार
जापानी वैज्ञानिकहरूले सबैभन्दा तीव्र गतिको इन्टरनेटको विकास गरेर नयाँ विश्व कीर्तिमान कायम
जापानी वैज्ञानिकहरूले सबैभन्दा तीव्र गतिको इन्टरनेटको विकास गरेर नयाँ विश्व कीर्तिमान कायम

जापानी वैज्ञानिकहरूले सबैभन्दा तीव्र गतिको इन्टरनेटको विकास गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । उनीहरूले १.०२ पेटाबाइट्स (१० लाख २० हजार गिगाबाइट) प्रति सेकेन्ड गतिको इन्टरनेट विकास गर्न सफल भएका छन् ।

इन्टरनेटको यो गति यतिधेरै उच्च हो कि यसमार्फत नेटफ्लिक्समा रहेका सम्पूर्ण भिडियोहरु एक सेकेन्डमै डाउनलोड गर्न सकिन्छ । त्यस्तै १५० जीबी साइजको वारजोन जस्तो ठूलो भिडियो गेम पनि आँखा झिमिक्क पारुन्जेल डाउनलोड गर्न सकिन्छ । यो उपलब्धिलाई केवल जापानका लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि डेटा ट्रान्सफर, स्ट्रिमिङ र कनेक्टिभिटीको क्षेत्रमा एक नयाँ युगको सुरुवातको रूपमा हेरिएको छ ।




संसारको अविश्वसनीय गतिको यो इन्टरनेट प्रविधिको विकास जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेसन एण्ड कम्युनिकेसन्स टेक्नोलोजीका वैज्ञानिकहरूले गरेका हुन् । यसका लागि उनीहरूले अत्याधुनिक फाइबर अप्टिक प्रविधि र उच्चस्तरीय सिग्नल प्रोसेसिङ प्रविधिको प्रयोग गरेका छन् ।

यो गतिको इन्टरनेट अहिले विश्वभर प्रयोग हुने औसत घरेलु इन्टरनेटभन्दा १ लाख गुणा छिटो छ। यस्तो स्पीडले एक सेकेन्डमै १० हजार भन्दा धेरै अल्ट्रा-हाइ डेफिनिशन फोर के फिल्महरू डाउनलोड गर्न सकिन्छ ।



यो प्रविधिले कृत्रिम बुद्धिमत्ता अर्थात एआई, इन्टरनेट अफ थिङ्स र विश्वव्यापी डिजिटलाइजेसनका बढ्दो आवश्यकताहरूलाई पूरा गर्ने दिशामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने वैज्ञानिकहरुको ठम्याइ छ।

साथै यस इन्टरनेट प्रविधिले स्मार्ट सहर निर्माण, दूरस्वास्थ्य सेवा (रिमोट हेल्थकेयर) र अनलाइन शिक्षाजस्ता क्षेत्रहरूमा छिटो र भरपर्दो डेटा ट्रान्सफरका माध्यमबाट अभूतपूर्व प्रगति हुनसक्छ। यसले चिकित्सा, प्रविधि र शिक्षा क्षेत्रमा एक नयाँ युगको सुरुवात गर्नेछ ।

साथै यस प्रविधिबाट सुरक्षा प्रणालीहरूलाई अझ प्रभावकारी र दक्ष बनाउन मद्दत पुग्नेछ।उदाहरणका लागि अस्पतालहरूले व्यापक मात्रामा मेडिकल तथ्यांकहरु वास्तविक समयमा शेयर गर्न सक्नेछन् । जसले भर्चुअल माध्यमबाट शल्यक्रिया तथा रोगको शीघ्र निदान जस्ता विषयलाई सम्भव बनाउनेछ।

स्मार्ट सिटीहरूमा यो प्रविधिले ट्राफिक व्यवस्थापन, ऊर्जा प्रयोग र सुरक्षा प्रणालीहरूलाई अझ कुशल बनाउनेछ। त्यसैगरी विश्वव्यापी व्यापार र संचारमा डेटा ट्रान्सफरको गति बढ्दा उत्पादनशीलतामा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

यद्यपि यो प्रविधि अत्यन्तै शक्तिशाली भएता पनि यसलाई व्यापक रूपमा प्रयोग गर्नका लागि केही चुनौतीहरू विद्यमान छन्। विद्यमान इन्टरनेट नेटवर्कलाई मल्टी-कोर फाइबर र उन्नत हार्डवेयरमा रूपान्तरण गर्न ठूलो लगानी आवश्यक पर्छ ।

साथै यस प्रविधिलाई सर्वसाधारण उपभोक्ताहरूका लागि किफायती बनाउनु र अन्तर्राष्ट्रिय मापदण्डहरू स्थापित गर्नु पनि एउटा कठिन काम हुनेछ। त्यसैले, प्रविधिको विकाससँगै यसको व्यवहारिक उपयोग र पहुँच सुनिश्चित गर्न दीर्घकालीन योजना र सहकार्य आवश्यक हुनेछ ।

स्मरण रहोस्, प्रविधिको मामिलामा जापानको तीव्र प्रगति साँच्चिकै उदाहरणीय छ। गत मे महिनामा प्रकाशित एक रिपोर्ट अनुसार, जापानले फाइभ जी इन्टरनेटभन्दा पाँच गुणा छिटो इन्टरनेट गति उपकरण विकास गरेको दाबी गरेको थियो ।

विश्वका अधिकांस देशमा फाइभ जी इन्टरनेट नै पुग्न नसकेको बेला जापानले विश्वकै पहिलो सिक्स जी डिभाइस तयार गरिसकेको छ। यद्यपि अहिले त्यो केवल प्रोटोटाइप चरणमा मात्र छ तर यसको स्पीड १ सय गिगाबाइट प्रतिसेकेण्ड भन्दा अधिक रहेको बताइएको छ। सिक्स जी प्रविधि हालको फाइभ जी भन्दा कम्तिमा २० गुणा छिटो छ, जसले भविष्यमा इन्टरनेट जगतमा ठूलो छलाङ् ल्याउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्‍याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको हालैको कडा नीतिपछि यो निर्णय ...
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ। चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ ...
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम