मुख्य समाचार
९९ जनाको मृत्युपछि स्वेइडामा युद्धविरामको घोषणा
९९ जनाको मृत्युपछि स्वेइडामा युद्धविरामको घोषणा

— रक्षा अधिकारीहरुका प्रमुख मुरहाफ अबु कास्राकाअनुसार स्थानीय ड्रुज सशस्त्र गुटहरू, बेदुइन जनजातिहरू र अन्तरिम सरकारका सेनाहरू बीचको घातक आक्रमणपछि सिरियाली रक्षा अधिकारीहरूले मंगलबार दक्षिणी प्रान्त स्वेइडामा पूर्ण युद्धविरामको घोषणा गरेका छन् ।


अबु कास्राले स्थानीय र प्रतिष्ठित व्यक्तिहरूसँग सम्झौता गरेपछि स्वेइडा शहरभित्र कार्यरत सबै ईकाइहरूको लागि पूर्ण युद्धविरामको आदेश दिएको बताए ।

अबु कास्राका अनुसार सिरियाली सेनाले आक्रमणका सक्रिय स्रोतहरूलाई मात्र जवाफ दिनेछ । नागरिकहरूको सुरक्षा, सामाजिक शान्ति कायम राख्न र सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा गर्न कडा निर्देशनहरू जारी गरिएको छ ।

सशस्त्र प्रहरी ईकाइहरूलाई पनि श्रेणीहरूमा अनुशासन र जवाफदेहिता सुनिश्चित गर्न शहर भित्र तैनाथ गर्न आदेश दिइएको छ । सिरियाली सेनाका ईकाइहरूले युद्धविराम सम्झौता अनुसार सोमबार शहरबाट भारी सैन्य सवारी साधनहरू फिर्ता गर्न थालेका छन् ।

सप्ताहन्तमा हिंसामा तीव्र वृद्धि भएपछि यो घटनाक्रम आएको हो । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार विगत दुई दिनमा कम्तिमा ९९ जनाको मृत्यु भएको छ र लगभग २०० जना घाइते भएका छन् । मृत्यु हुनेको संख्यामा ६० ड्रुज नागरिकहरू छन् ।

जसमध्ये दुई महिला र दुई बालबालिका, १८ बेदुइन, अन्तरिम सरकारका १४ सैनिक र सैन्य पोशाक लगाएका ७ जना अज्ञात व्यक्तिहरू छन् । रक्षा अधिकारीका प्रवक्ता हसन अब्देल घानीले गैरकानुनी सशस्त्र समूहहरुद्वारा विश्वासघाती आक्रमण भनिएकोमा १८ सैनिकहरू मारिएको र अरू घाइते भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम