मुख्य समाचार
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘रवैया’ ले आफू उनीप्रति निराश भएको टिप्पणी
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘रवैया’ ले आफू उनीप्रति निराश भएको टिप्पणी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘रवैया’ ले आफू उनीप्रति निराश भएको टिप्पणी गरेका छन् । बीबीसीसँगको विशेष टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘तर उनीसँगको सम्बन्ध टुटेको भने होइन ।’ त्यसो त उनले आफूले कसैमाथि पूर्ण भरोसा नगर्ने पनि थपे ।


‘हामी निकै दुःखी छौं, म रुससँग दुःखी छु । यदि ५० दिनमा शान्ति सम्झौता भएन भने हामी धेरै कडा भन्सार शुल्क लगाउने छौं, लगभग एक सय प्रतिशत,’ राष्ट्रपति ट्रम्पले भने, ‘रुस र युक्रेनसँगको यो युद्धमा हामीले लगभग ३ खर्ब ५० अर्ब डलर खर्च गरिसकेका छौं र यो अन्त्य भएको हेर्न चाहन्छौं । किनकि यो मेरो युद्ध थिएन, यो बाइडेनको युद्ध थियो ।’ ट्रम्पले सोमबार नै नाटोले अमेरिकाबाट हतियार खरिद गर्ने र त्यो युक्रेनका लागि वितरण गर्ने गरी एउटा सम्झौता पनि गरेका छन् ।

ह्वाइट हाउसस्थित ओभल अफिसबाट भएको २० मिनेट लामो उक्त अन्तर्वार्ता ट्रम्पले युक्रेनलाई हतियार पठाउने योजना र रुसमाथि ५० दिनभित्र युद्धविराम सम्झौता नभए कर एक सय प्रतिशत लगाउने चेतावनी दिएको केही घण्टापछि लिइएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प अब के रुसी राष्ट्रपति पुटिनसँग साँच्चै अघाएका नै हुन् त ? ‘हो, म उनीप्रति निराश भएको पक्कै हुँ तर यतिमा नै बिच्किसकेको अवस्था भने हैन ।’

युक्रेनसँगको लडाइँ अन्त्य गर्दै पुटिनलाई ‘रक्तपात रोकाउन’ के काम भइरहेको छ भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘हामी यसमा काम गरिरहेका छौं । मलाई लाग्छ, हामी यो काम पूरा गर्न नजिक–नजिक पुगिसकेका छौं ।’

त्यसो त उनले अझै पनि पुटिनले आफूसँग युद्धविरामका विषयमा कुराकानी गर्दा निकै सकारात्मक र मीठा कुरा गर्ने गरेको उल्लेख गर्दै थपे, ‘कुरा गर्दा पुटिनले आफू पनि शान्ति सम्झौताको पक्षमा नै रहेको जिकिर त गर्छन् तर लगत्तै किभका भवन ढाल्न पनि उद्यत देखिने गरेका छन् ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank
ट्रम्पले कुराले मात्रै ठिक्क पार्नेभन्दा युद्धका मूल कारणहरू नै पत्ता लगाएर समाधानको बाटोतर्फ लाग्न जोड दिए । रुसले हालैका सातामा पनि युक्रेनी सहरहरूमा ड्रोन र मिसाइल आक्रमणलाई निरन्तरता दिइरहेको छ ।

सोमबार मात्रै नाटो महासचिव मार्क रुटसँग ओभल अफिसमा भेटवार्ता गरेपछि ट्रम्प एकाएक रुसप्रति खनिएका हुन् । उनले नाटोको समर्थनमा पनि शब्द खर्चिएका छन् । यसअघि उनी नाटोप्रति पनि आक्रमक देखिँदै आएका थिए ।




‘नाटो अब पहिलेको जस्तो छैन किनभने यसका सदस्य राष्ट्रहरूले आफ्नो रक्षा खर्च ५ प्रतिशतसम्म बढाउन सहमत भएका छन्,’ ट्रम्पले साना देशलाई ठूला देशहरूविरुद्ध रक्षा गर्न पनि सामूहिक रक्षाको अवधारणालाई आत्मसात् गर्नुपर्ने बताउँछन् । ट्रम्पले बेलायतका प्रधानमन्त्री कियर स्टार्मरको पनि प्रशंसा गर्न भ्याए । ‘उनी उदारवादलाई मान्ने भए पनि मलाई धेरै मन पर्छ,’ उनले बेलायतसँगको विशेष सम्बन्ध र व्यापार सम्झौताको पनि उल्लेख गर्दै बेलायतले ब्रेक्जिटको पूर्ण उपयोग नगरेको तर अब सुधार हुँदै गएको बीबीसीसँगको अन्तर्वार्तामा बताए ।

पछिल्लो समय नयाँ कर लागू गर्ने धम्की दिएर विश्वभरका देशलाई चिढाएका अमेरिकी राष्ट्रपति ट्रम्प यति बेला सम्बन्ध सुधार गर्ने र वार्ताबाट नयाँ सम्झौताका लागि ती देशका प्रमुखहरूलाई दबाब दिने नीतिमा छन् । यही सिलसिलामा उनले सेप्टेम्बरमा बेलायतको दोस्रो राजकीय भ्रमण गर्दै छन् ।

क्यानडाबारे भने उनले ‘वार्ता गरिरहेकाले राम्रोसँग समस्या समाधान हुने’ उल्लेख गरे । घरेलु एजेन्डामा ट्रम्पले अमेरिका–मेक्सिको सीमामा अवैध आप्रवासन घटेकामा पनि खुसी व्यक्त गरेका छन् । उनले आप्रवासीहरूलाई तेस्रो मुलुकमा निर्वासन गर्ने नीतिमा सफलता प्राप्त गरेको र कर तथा खर्चसम्बन्धी विधेयकलाई ‘इतिहासकै ठूलो कर कटौती’ भन्दै प्रशंसा गरे ।

ट्रम्पले आफ्नो विरासतलाई ‘अमेरिकाको पुनरुद्धार’ का रूपमा परिभाषित गर्दै थपे, ‘एक वर्षअघि अमेरिका मृत थियो, अब यो देश महान् बनेको छ ।’ गत साता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी समकक्षी सेर्गेई लाभरोभसँगको भेटका क्रममा शान्ति वार्तामा प्रगति नभएकामा अमेरिकी राष्ट्रपति ट्रम्पको ‘निराशा र हताशा’ प्रतिध्वनित गरेको बताएका थिए ।

लाभरोभसँगको भेटपछि गत जुलाई १० मा मलेसियाको क्वालालम्पुरमा पत्रकारसँग कुरा गर्दै रुबियोले रुस र युक्रेनबीचको द्वन्द्वको नतिजा खोज्नमा सबै पक्षलाई संलग्न गराउन अमेरिकाको रणनीति रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नयाँदिल्लीमा भएको १८औं ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरान, रुस, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूले समूहगत बैठक गरेका छन् । सोमबार भएको बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाका साथै आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो । बैठकमा सहभागी देशहरूले अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्न, बहुपक्षीय कूटनीतिलाई सुदृढ बनाउन तथा क्षेत्र र विश्वसामु रहेका चुनौती सामना गर्न ...
। सन् १९८० को दशकमा जन्मिएका इरानीहरूले आफूलाई प्राय: ‘जलेको पुस्ता’ अर्थात् ‘बर्न्ड जेनेरेसन’ मान्छन् । उनीहरूको जीवन सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि देखिएको राजनीतिक र आर्थिक उथलपुथलको समयमा बित्यो । सन् १९७९ मा इरानी इस्लामिक कार्यकर्ताहरूले अमेरिकी कूटनीतिज्ञलगायतलाई ४४४ दिनसम्म बन्धक बनाएको ‘अमेरिकी दूतावास बन्धक’ संकटले त्यसपछिको दशकको अवस्थाको संकेत दिएको थियो । त्यसपछि सन् ...
। अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्याले नयाँ रेकर्ड कायम गरेको छ भने विदेशी पर्यटकको आवागमन पनि विस्तारै लयमा फर्किन थालेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको पछिल्लो आधिकारिक तथ्यांकअनुसार जुन २०२६ सम्ममा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुगेको छ। यसैगरी, जुलाई महिनामा ७ लाख १० हजारभन्दा बढी विदेशी आगन्तुक अस्ट्रेलिया पुगेका छन्। बहु–रोजगारीमा ...
। ब्रिक्स देशहरूको शिखर सम्मेलनले मध्यपूर्वमा प्यालेस्टाइनको समर्थन गरेको छ । नयाँ दिल्लीमा सुरु भएको शिखर सम्मेलनको घोषणापत्रमा इजरायल–प्यालेस्टाइन द्वन्द्वको न्यायपूर्ण र दीर्घकालीन समाधान शान्तिपूर्ण माध्यमबाट मात्रै सम्भव रहेको उल्लेख छ । ब्रिक्स देशहरूले दुई–राज्य(इजरायल र प्यालेस्टाइन) समाधानको समर्थन गरेका छन् । यसअन्तर्गत सन् १९६७ मा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सीमाभित्र सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना ...
। यसनमा सशस्त्र समूहबीचको संघर्ष चर्कँदै जाँदा मानवीय संकट गहिरिँदै गएको छ । द्वन्द्व चर्किँदा मानिसहरू विस्थापित हुने क्रम तीव्र छ । संयुक्त राष्ट्रसंघका अनुसार, जुलाईमा इरान समर्थित समूह हुथीले साउदी अरबको नौसैनिकविरुद्ध नाकाबन्दी घोषणा गरेयता मत्रै करिब ७६ हजार मानिस विस्थापित भइसकेका छन् । पछिल्लो एक सातामा मार्त्र विस्थापित मानिसको संख्या करिब चार गुणाले बढेको राष्ट्रसंघले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम