मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम एक वर्षमा लगभग एक तिहाइ सकिएको निर्माण पक्षले जनाए
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम एक वर्षमा लगभग एक तिहाइ सकिएको निर्माण पक्षले जनाए

— भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम एक वर्षमा लगभग एक तिहाइ सकिएको निर्माण पक्षले जनाएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले सहयोग जुटाएर रंगशाला निर्माण थालेको थियो । तर सहयोग जुट्ने अवस्था नरहेको भन्दै फाउन्डेसन कामबाट अलग भएपछि भरतपुर महानगरपालिकाले स्वामित्व लिएर फेरि काम सुरु गरेको हो ।


महानगरले स्वामित्व लिएपछि गत वर्षको असार २३ गते निर्माण कम्पनीसँग ३० महिनाभित्र काम सक्ने गरेर सम्झौता भयो । सम्झौताको वर्ष दिन बित्दा भौतिक प्रगति ३२ प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत हाराहारीमा भएको निर्माण कम्पनीले जनाएको छ । रंगशालाको उत्तर र दक्षिणतर्फ दुईटा टावर रहने छन् । उत्तरतिरको टावरको भुईंतला ढलानका लागि अहिले जोडतोडले काम भइरहेको छ ।

‘सम्झौता भएको वर्ष दिन पूरा भयो । फाइनाइन्सियल प्रगति २६/२७ प्रतिशत हाराहारीमा छ । भौतिक प्रगति ३२ प्रतिशत पार भएको छ,’ निर्माण कम्पनीको तर्फबाट कार्यरत प्रोजेक्ट इन्जिनियर धर्मेन्द्र गुप्ताले बताए । १६ हजार दर्शक क्षमताको प्यारापिटसहित रंगशाला निमाण भइरहेको छ । टावर र प्यारापिट निर्माणको काम अगाडि बढे पनि मैदानको काम सुरु भएको छैन ।

उत्तरतर्फ रहेको टावरको ढलान केही दिनमै हुने गुप्ताले बताए । त्यसपछि लगत्तै दक्षिणतर्फको टावर ढलान पनि हुनेछ । उत्तरतर्फको टावरमा भीभीआईपी र मिडिया बक्स रहनेछ । दक्षिणतर्फको टावरमा खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापनसँग सम्बन्धित व्यक्ति रहनेछन् । यी दुवै टावर तीन तलाका हुनेछन् । अहिले भुईंतलाको ढलान सुरसार हुँदै छ ।

टावरको पूर्व र पश्चिमतर्फ दुई खण्ड गरेर प्यारापिट रहने छन् । ‘टावरदेखि पश्चिमतर्फ पर्ने स्ट्यान्ड अर्थात प्यारापिट ‘ए’ को एक नम्बर खन्डको प्यारापिट ढलान भइसकेको छ । स्ट्यान्ड ‘ए’ कै दुई नम्बर खण्डको आधा ढलान भइसक्यो र आधाको ढलानका लागि डन्डी राख्ने काम भइरहेको छ,’ गुप्ताले जानकारी गराए । त्यसपछि टावरदेखि पूर्व पर्ने स्ट्यान्ड ‘बी’ को ३ नम्बर खण्डमा ढलानका लागि फर्मा राख्न सुरु गरिएको उनले बताए ।

स्ट्यान्ड अर्थात प्यारापिट ‘बी’को ४ नम्बर खण्डमा पीसीसी र सोलिङ पीसीसीको काम मात्रै भएको तर प्यारापिट ढलानको काम बाँकी रहेको छ । ‘यो वर्ष मैदान र पिचको काम सुरु हुँदैन । त्यो काम हामी अर्को वर्ष नै सुरु गर्ने छौं । पिच र मैदानको काम अन्तिममा गर्दा नै राम्रो हुने देखियो,’ उनले भने । काम पुरा गर्नुपर्ने ३० महिनाको अवधि रहेकामा १२ महिना पूरा भएर काम गर्न अब १८ महिना बाँकी छ ।

‘बीचमा फलामे डन्डी र सिमेन्टको अलि अभाव भयो । त्यसैले कामको प्रगतिमा अहिले एक महिना जति ढिला छौं । नभए अरू हिसाबले काम सन्तोषजनक नै छ । चारैतिर काम भइरहेको छ,’ इन्जिनियर गुप्ताले भने ।

भरतपुर महानगरपालिकाको नेतृत्वमा प्रदेश र संघीय सरकारको सहयोगमा रंगशाला निर्माणको काम भइरहेको हो । यसको निर्माण लागत ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा रहेको छ ।

२०७५ सालको माघ १६ गते चितवन रामपुरमा क्रिकेट रंगशाला बनाउने विषयमा काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रामपुरमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तर कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपयोग गर्दै आएको २० विघा जमिनमा रंगशाला बन्न लागेको हो ।

जग्गा उपलब्ध गराएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले देश विदेशका नेपालीसँग सहयोग जुटाएर करिब ३ अर्बको लागतमा दुई वर्षभित्रै रंगशाला बनाउने उद्घोष गरेको थियो । तर सहयोग जुट्न सकस भएपछि फाउन्डेसनले २०७८ भदौदेखि काम बन्द गरेको थियो । सोही वर्षको पुस २ मा रंगशालाको स्वामित्व लिन फाउन्डेसनले महानगरलाई पत्र लेखेको थियो ।

काम सुरु गरेको वर्ष दिन नहुँदै विश्व नै प्रभावित हुने गरेर कोरोना संक्रमण सुरु भयो । सोचेअनुरुप सहयोग नजुटेको, ५७ करोड १२ लाख रुपैयाँ बराबरको काम हुँदा उधारो १८ करोड ४३ लाख रुपैयाँ रहेको भन्दै फाउन्डेसन रंगशाला निर्माणबाट अलग भएको थियो । जुन ऋण अझै चुक्ता भएको छैन ।



२०८० कात्तिक २१ मा महानगरपालिकाले बागमती प्रदेश सरकारसँग मिलेर रंगशाला निर्माणको काम पूरा गर्ने सहमति गरेको हो । सहमति भएलगत्तै कात्तिक २३ मा संघीय सरकारले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । गत वर्षको असारमा निर्माण कम्पनीसँग सम्झौता भएर काम अगाडि बढेको हो । त्यसअघि फाउन्डेसनले रंगशालाको पिलर, प्यारापिट र मैदान निर्माणको काम सुरु गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम