मुख्य समाचार
क्रोएसियाली कप्तान लुका मोड्रिचले एसी मिलानसँग एक वर्षको अनुबन्ध
क्रोएसियाली कप्तान लुका मोड्रिचले एसी मिलानसँग एक वर्षको अनुबन्ध

— क्रोएसियाली कप्तान लुका मोड्रिचले सोमबार एसी मिलानसँग एक वर्षको अनुबन्ध गरेको इटालीको सिरी ‘ए’ क्लबले जनाएको छ । गत साता मात्रै मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्रीले सन् २०१८ को बालोन डी’अर विजेता ३९ वर्षीय खेलाडी रियल म्याड्रिडबाट सान सिएरो आउने बताएका थिए ।


उनी सेप्टेम्बरमा ४० वर्षमा पुग्नेछन् । सन् २०१२ मा उनी टोटनहमबाट रियल गएका थिए । रियलसँगको अनुबन्ध यो सिजन समाप्त भएसँगै स्पेन छाड्ने घोषणा गरेपछि उनी इटाली जाने सम्भावना रहेको बताइएको थियो । उनी मिलान पुगिसकेका छन् ।

कुल १९ पल्टको सिरी ‘ए’ विजेता क्लबले भनेको छ, ‘सन् २०२६ को जुन ३० सम्म मोड्रिचले क्लबसँग अनुबन्ध गरेका छन् र यो घोषणा गर्न पाउँदा हामी खुसी छौं । यो सम्झौताअनुसार अनुबन्ध एक वर्ष बढाउन सकिनेछ ।’ मोड्रिच आफैंले पनि मिलानसँग आबद्ध हुन पाएको खुसी व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘मैल मिलानमा आफ्नो खेलजीवनको नयाँ अध्याय सुरु गर्दै छु र म यसका लागि खुसी छु ।’ एलेग्रीको नेतृत्वमा मिलानले सन् २०११ मा लिग उपाधि जितेको थियो । उनी सन् २०१० देखि २०१४ सम्म मिलानमा थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...