मुख्य समाचार
ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको बताए
ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको बताएका छन् । सम्झौता अन्तर्गत दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियाबाट अमेरिकाले ठूलो परिमाणमा सामान खरिद गर्नेछ ।

ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने इन्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने उल्लेख गरेका छन् । यो राष्ट्रपतिले यसअघि इन्डोनेसियालाई लगाउने भनिएको ३२ प्रतिशत करभन्दा निकै कम हो ।




‘सम्झौताअनुसार इन्डोनेसियाले अमेरिकी ऊर्जामा १५ अर्ब डलर, अमेरिकी कृषि उत्पादनमा ४.५ अर्ब डलर र ५० वटा बोइङ जेट खरिद गर्ने प्रतिबद्धता जनाएको छ,’ ट्रम्पले लेखेका छन् ।

यो घोषणापछि बोइङको शेयर ०.२ प्रतिशतले घटेको छ ।


अमेरिकी राष्ट्रपतिको कर योजनाबाट बच्नका लागि देशहरूले वासिङ्टनसँग वार्ता गर्न चाहना राख्न थालेपछि ट्रम्प प्रशासनलाई तत्काल व्यापार सम्झौताहरू सम्पन्न गर्न दबाब परेको छ ।

राष्ट्रपति ट्रम्पले अहिलेसम्म बेलायत र भियतनामसँगको अन्य सम्झौतामात्र सार्वजनिक गरेका छन् भने चीनसँग अस्थायी रूपमा प्रतिशोधात्मक (टि फर ट्याट्) कर घटाउने सम्झौता गरेका छन् ।

गत हप्ता ट्रम्पले इन्डोनेसियाली सामानमा ३२ प्रतिशत कर लगाउने चेतावनी दिँदै देशको नेतृत्वलाई पत्र लेखेका थिए । पत्रमा कर वृद्धिसम्बन्धी निर्णय अगस्ट १ देखि लागु हुने उनले बताए ।

इन्डोनेसियामा मङ्गलबार घोषणा गरिएको सम्झौताबाट घटाइएको शुल्क स्तर कहिलेदेखि लागु हुन्छ भन्ने स्पष्ट छैन । यसको विभिन्न खरीदहरू कुन अवधिमा हुनेछ भन्ने पनि निर्दिष्ट गरिएको थिएन ।

इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोसँग कुरा गरेपछि अन्तिम रूप दिइएको उक्त सम्झौताअन्तर्गत उच्च करबाट बच्नका लागि जहाजबाट ढुवानी गरिएका सामानमा चर्को कर लाग्ने ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले भारतसँग अन्य सम्झौताको काम भइरहेको र युरोपियन युनियनसँग वार्ता जारी रहेको जानकारी दिए ।

इन्डोनेसियाली राष्ट्रपतिका प्रवक्ता हसन नास्बीले बुधबार सम्झौता ‘प्रगति’ भएको र यसलाई सामान्य भन्न नमिल्ने बताएका थिए ।

नयाँ १९ प्रतिशत को दरलाई पुष्टि गर्दै उनले भने, ‘यो हाम्रा राष्टप्रमुखले अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष रूपमा गरेको असाधारण वार्ता हो ।’

उनले एएफपीलाई बताएअनुसार प्राबोवोले युरोप भ्रमणबाट फर्केपछि बुधबार दिउँसो सम्झौताबारे वक्तव्य दिनेछन् ।

इन्डोनेसियाका पूर्व विदेश उपमन्त्री डिनो पट्टी जालालले मङ्गलबार विदेश नीति कार्यक्रममा सरकारका भित्री सूत्रहरूले नयाँ सम्झौताबाट आफूहरू खुसी रहेको सङ्केत गरेको बताएका छन् ।

ट्रम्पले गत अप्रिलमा लगभग सबै व्यापारिक साझेदारमाथि १० प्रतिशत कर लगाइएको घोषणा गरेका थिए । उनले युरोपेली सङ्घ, चीन, इन्डोनेसियालगायत दर्जनौं अर्थतन्त्रका लागि यो स्तर बढाउने घोषणा गरेका थिए ।

प्रत्येक अर्थव्यवस्थामा अनुकूलित व्यापक कर लागू हुनुभन्दा केही दिन अघि जुलाई ९ मा लागु गर्ने भनिएको कर अगस्ट १ सम्मका लागि बिस्तार गरिएको राष्ट्रपति ट्रम्पले बताएका थिए । यो कर वृद्धि गर्ने ट्रम्पको निर्णय लागू गर्ने बिषयमा भएको दोस्रो स्थगन थियो ।

गत साताको सुरुदेखि नै ट्रम्पले साझेदारहरूलाई पत्र पठाउँदै आगामी अगष्टमा उनीहरूले सामना गर्नुपर्ने करको स्तर निर्धारण गर्दै आएका छन् ।

एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मध्यपूर्वमा बढ्दो तनाव र युद्धको स्थितिबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियान अमेरिका पुगेका छन्। मंगलबार अमेरिका पुगेका राष्ट्रपति पेजेस्कियान आज (बुधबार) संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन्। अमेरिकी सरकारको नियम र सुरक्षा प्रतिबन्धका कारण इरानी राष्ट्रपति र उनको टोलीलाई न्युयोर्कभित्र जथाभावी हिँडडुल गर्ने अनुमति छैन। उनीहरूलाई म्यानहटनस्थित होटल र राष्ट्रसंघको मुख्यालय आवतजावत ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षको लामो अन्तरालपछि संयुक्त राज्य अमेरिकाको औपचारिक राजकीय भ्रमणका क्रममा आज वासिङ्टन पुग्दै छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई दुई मुलुकबिचको कुटनीतिक सम्बन्ध र रणनीतिक स्थिरतामा एक महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपतिका लागि निर्धारित परम्परागत कुटनीतिक मर्यादा (प्रोटोकल) भन्दा माथि उठेर राष्ट्रपति ट्रम्प ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा शान्ति कायम भएको भनी गरेको दाबीमाथि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले प्रश्न उठाएका छन्। संयुक्त राष्ट्रसङ्घको साधारण सभाको वार्षिक सत्रलाई सम्बोधन गर्दै म्याक्रोनले शान्तिको घोषणा गरिए पनि गाजामा हालसम्म कुनै पनि मानवीय सहायता मार्ग (ह्युमनिटेरियन करिडोर) पुनः सञ्चालनमा नआएको बताए। गाजाको वर्तमान स्थितिलाई लिएर अन्तर्राष्ट्रिय समुदायको भूमिकाप्रति प्रश्न उठाउँदै उनले ...
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सगरमाथाको काखबाट दिएको चेतावनीलाई नेपालमा हालै देखिएका बाढी तथा पहिरोजस्ता विनाशकारी प्राकृतिक विपद्ले थप पुष्टि गरेको बताएका छन्। मंगलबार संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनको असर सोचेभन्दा निकै छिटो र भयावह रूपमा देखापरिरहेको उल्लेख गरे। सम्बोधनका क्रममा उनले भने, 'तीन वर्षअघि ...
चीनले इरानी एयरलाइन्समाथि अमेरिकाले लगाएको प्रतिबन्धलाई अवैध भनेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा उक्त प्रतिबन्धलाई अवैध भनेका हुन् । ‘चीनले सधैं अन्तर्राष्ट्रिय कानुनी आधार वा संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृति नभएका एकपक्षीय प्रतिबन्धहरूको विरोध गर्दै आएको छ,’ जियाकुनले भने । यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यही साता ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम