मुख्य समाचार
इजरायलले सिरियाको रक्षा मन्त्रालयमा आक्रमण
इजरायलले सिरियाको रक्षा मन्त्रालयमा आक्रमण

। इजरायलले सिरियाको रक्षा मन्त्रालयमा आक्रमण गरेको छ । बीबीसीका अनुसार इजरायली सेनाले बुधबार राजधानी दमास्कसस्थित रक्षा मन्त्रालय र दक्षिणी भूभागमा रहेका सरकारी कार्यालयहरु माथि निशाना बनाएको थियो । यो आक्रमणबाट कम्तिमा तीन जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतन्याहुले सीरियामा ड्रुज समुदायलाई जोगाउन र सशस्त्र गिरोहलाई अन्त्य गर्ने उद्देश्यले आक्रमण गरेको जिकिर गरेका छन् ।




सिरियाको ड्रुज र आदिवासी बद्दु समूहबीच साम्प्रदायिक हिंसा भड्किएको छ । उनीहरुबिचको संघर्षमा हालसम्म करिब ३०० जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ । यही संघर्षको बीचमा इजरायलले ड्रुजलाई जोगाउन भन्दै आक्रमण गरेको हो ।

इजरायली सेनाका लेफ्टिनेन्ट जनरल एयाल जामिरले आक्रमणपछि भनेका छन्, ‘हामी सिमापार शत्रुहरूको स्थायी उपस्थिति रोक्न, इजरायली नागरिकहरूको रक्षा गर्न र ड्रूजÞ नागरिकहरूलाई क्षति हुन नदिन निर्णायक रूपमा कदम चालिरहेका छौं ।’


इजरायल–ड्रुज सम्बन्ध

सिरियामा ड्रुज समुदाय आत्मरक्षा, क्षेत्रीय सुरक्षा र समुदायको अस्तित्वका लागि लडिरहेका छन् । यी समूहहरू सरकारले गरेको अन्याय, अत्याचार भ्रष्टाचार वा सैन्य जबर्जस्तीको विरोधमा पनि उत्रिन्छन् ।

इजरायलले ड्रुजको समर्थन र सिरियाको शासकलाई सबक सिकाउन आक्रमण गरेको जनाएको छ ।

सिरियामा ड्रुजहरूको धेरैजसो जनसंख्या दक्षिणी क्षेत्र सुवेइदामा छ । ड्रुज मुख्य रूपमा सिरिया, लेबनान, इजरायल र जोर्डनमा बसोबास गर्छन् ।

इजरायलमा १ लाख बढी ड्रुज समुदायका बासिन्दाको बसोबास रहेको अनुमान छ । उनीहरूमध्ये अधिकांशले इजरायली सैन्य सेवामा समेत सेवा दिएका छन् । यसैले इजरायलको सरकार र सेनातर्फ उनीहरू बफादार देखिन्छन् ।

उनीहरु आफ्नो गाउँ र परिवारलाई इस्लामिक स्टेट (आईएसआई) वा अन्य चरमपन्थीहरूबाट जोगाउन विभिन्न नामबाट सशस्त्र समूह खडा गरेका छन् ।

सिरियाले गर्‍यो इजरायलको आलोचना, अमेरिकाको समर्थन

सिरियाले भने इजरायलले धोकापूर्ण तरिकाले आक्रमण गरेको आरोप लगाएको छ । यसैगरी अमेरिकाले यो लडाइँ शान्तिमा परिणत हुने विश्वास व्यक्त गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियामा भइरहेको हिंसाबाट चिन्तित रहेको र यो छिटै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले शान्ति कायम गर्नका लाग केही कदम उठाएको एक्समा लेखेका छन् ।

सिरियाले हालको संकट शान्तिपूर्ण ढंगले समाधान गर्ने अमेरिकाको प्रयासको स्वागत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम