मुख्य समाचार
वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो
वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

: वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय भन्सार विभागले दिएको लक्ष्य पूरा गर्न नसके पनि अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा बढी नै राजस्व संकलन गरेका छन्।



नेपालमा हुने आयात–निर्यातको अन्तर्राष्ट्रिय कारोबारको ७० प्रतिशत हिस्सा वीरगन्ज नाकाबाटै हुने गरेको छ। यस्तै देशको कूल राजस्व संकलनमा वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको योगदान ४० प्रतिशतभन्दा बढी नै रहने गरेको छ।



गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज भन्सार कार्यालयले १ खर्ब ७५ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले गत आर्थिक वर्ष २०८१/८२ का लागि २ खर्ब १८ अर्ब ९५ करोड ५९ लाखको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले लक्ष्यको ८० दशमलव ३५ प्रतिशत राजस्व संकलन गरेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए।




अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज भन्सारले लक्ष्यको ६४ दशमलव ०१ प्रतिशत मात्रै अर्थात १ खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा गत आर्थिक वर्ष २०८१/८२ मा १६ प्रतिशत बढी राजस्व संकलन भएको लामिछानेले बताए।

आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६० दशमलव १९ प्रतिशत मात्र अर्थात १ खर्ब ५७ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गरेको वीरगन्ज भन्सारले त्यसअघिको आर्थिक वर्ष २०७८/७९ मा भने लक्ष्य भन्दा शून्य दशमलव ५४ प्रतिशतले बढि नै अर्थात् २ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। तर त्यसअघिका पाँच वर्ष (आर्थिक वर्ष २०७२/०७३ देखि २०७७/७८ सम्म) मा भने वीरगन्ज भन्सार राजस्व असुलीको लक्ष्य पुरा गर्न लगातार असफल नै भएको थियो।

यता वीरगन्ज नाकामै रहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको पनि गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन बढेको छ। सुक्खा बन्दरगाह भन्सारले गत आर्थिक वर्ष २०८१/८२ मा ४९ अर्ब ८२ करोड ३७ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा ६० अर्ब चार करोड ८७ लाख ९७ हजारको लक्ष्य पाएको सुक्खा बन्दरगाह भन्सारले लक्ष्यको ८२ दशमलव ९७ प्रतिशत राजस्व संकलन गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने सुक्खा बन्दरगाह भन्सारले लक्ष्यको ७१ दशमलव.७५ प्रतिशत मात्र अर्थात ४७ अर्ब ३१ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको थियो। त्यसअघिको आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६२.८८ प्रतिशत मात्रै अर्थात ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार राजस्व संकलन गर्न सकेको सुक्खा बन्दरगाह भन्सारले आर्थिक वर्ष २०७८/७९ मा भने लक्ष्यको ९४.९८ प्रतिशत राजस्व संकलन गरेको थियो।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आर्थिक वर्ष २०८१/८२ मा समग्रमा भारत तथा तेस्रो मुलुकबाट मालसामानको आयात बढेका कारणले राजस्व संकलनमा सुधार देखिएको बताए। उनले आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्ष २०७९/८० को भन्दा १६ प्रतिशत बढीले राजस्व संकलन भएको बताए।

राजस्व बढी उठ्ने इन्धन, औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री लगायतको आयात बढेका कारण राजस्व संकलन पनि बढेको उनले बताए। सरकारले दिएको राजस्व संकलनको लक्ष्य त फेरि पनि पुरा भएन नि ? भन्ने प्रश्नमा भने लामिछानेले जवाफ दिँदै भने,‘समग्र देशको अर्थ व्यवस्था नै अहिले पहिलाको जस्तो पूर्ण लयमा फर्किन सकेको छैन। त्यसकारण सरकारले दिएको लक्ष्य भने पुरा हुन सकेन। यद्यपि अघिल्ला आर्थिक वर्षको तुलनामा अहिले भन्सार राजस्व संकलनमा निकै सुधार देखिएको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ । गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो । मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका ४ ...
। अर्थ मन्त्रालयले भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बढ्ने, नाका बन्द हुने र कर छुट लगायत प्रावधानले चालु आव २०८३/८४ मा स्रोतमा थप चाप पर्ने बताएको हो । मन्त्रालयले भोटेकोशी बाढीपछिको राहत तथा पुनर्निर्माण बजेटको एक तिहाइभन्दा बढी हुने ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यस्तै गत आव २०८२/८३ (सन् २०२७) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित भएको प्रक्षेपण पनि आईएमएफले गरेको छ । आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको ...
: सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकमबराबरको धान खरिद गर्ने भएको हो। धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार टन धान खरिद गर्ने योजना बनाएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम