मुख्य समाचार
आईसीसी टी–२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण (क्लोज क्याम्प) सुरु
आईसीसी टी–२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण (क्लोज क्याम्प) सुरु

: आईसीसी टी–२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण (क्लोज क्याम्प) सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारदेखि सुरु गरेको क्लोज क्याम्पमा ३२ खेलाडी सहभागी रहेका छन्।



क्लोज क्याम्पमा मोहमद आदिल आलम (आदिल अन्सारी) पनि छन्। स्पट फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका आदिलको क्यानले प्रतिबन्ध फुकुवा गरेपछि पहिलो पटक क्लोज क्याम्पमा आएका हुन्।



बन्द प्रशिक्षणमा आदिलसहित कप्तान रोहित पौडेल, कुशल भुर्तेल, अनिल साह, आसिफ शेख, भीम सार्की, गुल्शन झा, रुपेश सिंह, बसीर अहमद, शहाब आलम, युवराज खत्री, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख, नन्दन यादव, करण केसी, सोमपाल कामी, ऋजन ढकाल, प्रतिश जिसी, ललित राजवंशी, कमलसिंह ऐरी छन्।




यस्तै सागर ढकाल, किरण ठगुन्ना, सन्दीप लामिछाने, आकाश चन्द, विवेक यादव, पवन सर्राफ, सन्दीप जोरा, शेर मल्ल, सुभ कंसाकार, अर्जुन घर्ती र लोकेश बम छन्।

आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ। नेपालले समूह ‘बी’मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।

१० दिनसम्म चल्ने छनोट प्रतियोगिता ८ देखि १० अक्टोबरसम्म हुनेछ। नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो। प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’चरणमा पुग्नेछन्। सुपर सिक्सको अन्त्यमा शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम