मुख्य समाचार
नेपालमा अब मेसेजिङ एप टेलिग्राममा प्रतिबन्ध
नेपालमा अब मेसेजिङ एप टेलिग्राममा प्रतिबन्ध

: सरकारले चर्चित मेसेजिङ एप टेलिग्राममा प्रतिबन्ध लगाएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्रामको पहुँचमा रोक लगाउन निर्देशन दिएको हो।



अनलाइन ठगी, मनी लाउन्डरिङजस्ता गम्भीर आपराधिक गतिविधिमा यसको प्रयोग बढेको भन्दै प्राधिकरणले नेपाल टेलिग्राम बन्द गरेको हो।



‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने गरी गरेको पछिल्लो परिपत्रप्रति विज्ञापन एजेन्सी र निजी सञ्चार क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयको यो निर्णयले विगतका सरकारहरूले अघि सारेको निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने अवधारणाको बर्खिलाप गरेको र यसले विज्ञापन उद्योगलाई नै धराशायी बनाउने संकेत देखिएको छ। यसै सन्दर्भमा नेपाल विज्ञापन संघका अध्यक्ष ...
: सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने निर्णय गरेपछि विभिन्न सरोकारवाला संस्थाहरूले आपत्ति जनाएका छन्। नेपाल विज्ञापन संघ, इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नेपाल प्रेस युनियनलगायत संस्थाहरूले उक्त निर्णयको विरोध गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको परिपत्रमार्फत सबै सरकारी निकाय, आयोग, सचिवालय तथा ...
। एप्पलले आफ्ना नयाँ मोडेलका आइफोन प्रयोगकर्ताहरूका लागि एउटा अत्यन्तै दुर्लभ सुरक्षा अपडेट ‘iOS 18.7.7’ सार्वजनिक गरेको छ। सामान्यतया नयाँ मोडेलका लागि नयाँ अपरेटिङ सिस्टम (iOS 26) मात्र जारी गर्ने एप्पलको नीति भए तापनि डार्कस्वोर्ड (DarkSword) नामक मालवेयरको बढ्दो जोखिमका कारण कम्पनीले पुराना प्रयोगकर्ताका लागि यो ‘ब्याकपोर्ट’ अपडेट ल्याएको हो। यो सुरक्षा प्याच विशेष गरी आइफोन ...
— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको अध्यक्षतामा आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरूसहित बसेको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएका हुन् । यो निर्देशनसँगै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरू भएको छ ...
। अमेरिकाको क्यालिफोर्निया राज्यको एक जूरीले सामाजिक सञ्जाल प्लेटफर्महरू मेटा र युट्युबलाई एक युवतीलाई जानीजानी लत लगाएको र उनको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएकोमा दोषी ठहर गरेको छ । मेटा र युट्युबले आफ्ना प्लेटफर्मका जोखिमहरूबारे प्रयोगकर्तालाई चेतावनी दिन असफल भएको र त्यसबाट प्रयोगकर्तालाई गम्भीर क्षति पुगेको ठहर गरेको हो । सीएनएनका अनुसार यो मुद्दा २० वर्षीया क्यालिफोर्नियाकी एक ...