मुख्य समाचार
नेपालमा अब मेसेजिङ एप टेलिग्राममा प्रतिबन्ध
नेपालमा अब मेसेजिङ एप टेलिग्राममा प्रतिबन्ध

: सरकारले चर्चित मेसेजिङ एप टेलिग्राममा प्रतिबन्ध लगाएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्रामको पहुँचमा रोक लगाउन निर्देशन दिएको हो।



अनलाइन ठगी, मनी लाउन्डरिङजस्ता गम्भीर आपराधिक गतिविधिमा यसको प्रयोग बढेको भन्दै प्राधिकरणले नेपाल टेलिग्राम बन्द गरेको हो।



‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक अकाउन्ट बनाएको पाइएको छ। प्रधानमन्त्रीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार पोष्ट गरेको पाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले यस किसिमका गैरकानुनी कार्य गर्नेलाई कानुनबमोजिम कारवाही हुने बताए। उनले भने,' प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी ...
। अमेरिकामा सामाजिक सञ्जाल टिकटकको स्वामित्व स्थानीय कम्पनीले खरिद गर्ने भएको छ । अमेरिकामा चल्ने टिकटकको स्वामित्व खरिद गर्न अनुमति दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन् । चीनको स्वामित्वमा रहेको टिकटकको अमेरिकी कारोबार त्यहीँको स्थानी कम्पनी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई बेच्ने निर्णयलाई कार्यान्वयन गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेका समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ...
: चिप निर्माता एनभिडियाले अग्रणी एआई कम्पनी ओपनएआईमा ठुलो लगानी गर्ने भएको छ। कम्पनीले ओपनएआईमा १०० अर्ब डलर लगानी गर्ने भएको हो। यसको सहयोगमा नयाँ डाटा सेन्टर र अन्य कृत्रिम बुद्धिमत्ता पूर्वाधार निर्माण गर्ने उल्लेख छ। एआईको बढ्दो मागलाई ध्यानमा राख्दै दुवै कम्पनीले यो निर्णय गरेका हुन्। ओपनएआई र एनभिडियाले रणनीतिक सम्झौताको सम्बन्धमा एक पत्रमा ...
: मेटाका सीईओ मार्क जुकरबर्गले धेरै नयाँ उत्पादन लन्च गरेका छन्। यीमध्ये एक मेटा रे–ब्यान डिस्प्ले हो। यसमा हेड–अप डिस्प्ले सुविधा छ। यसले प्रयोगकर्तालाई चस्मामा सिधै पाठ, भिडियो, नक्सा, आदि हेर्न सकिन्छ। यो लन्च मेटा कनेक्ट २०२५ कार्यक्रमको क्रममा गरिएको हो। मेटा कनेक्ट २०२५ कार्यक्रम क्यालिफोर्नियाको मेलानो पार्कमा सुरु भएको थियो। यहाँ मेटाको मुख्यालय छ। ...
। एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन लञ्च गरेको छ । मंगलबार आफ्नो विशेष वार्षिक समारोहमार्फत् एप्पलले जम्मा ५.६ मिलिमिटर मोटो आइफोन एयर सार्वजनिक गरेको हो । त्यसक्रममा एप्पलका सिइओ टिम कुकले आइफोन एयरलाई आइफोन प्रविधिमा अहिलेसम्मकै ठूलो फड्को रहेको र यो गेमचेन्जर स्मार्टफोन भएको बताएका छन् । आइफोन एयरमा ६.५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले छ, जसमा ...