मुख्य समाचार
‘कोल्डप्ले’को कन्सर्टमा अर्बपतिको ‘विवाहेत्तर सम्बन्ध’को खुलासा भएपछि तरंग
‘कोल्डप्ले’को कन्सर्टमा अर्बपतिको ‘विवाहेत्तर सम्बन्ध’को खुलासा भएपछि तरंग

। यतिबेला विश्वचर्चित ब्याण्ड ‘कोल्डप्ले’को गएराति सम्पन्न बोस्टन कन्सर्ट चर्चामा छ ।

नहोस् पनि किन ? एक हाइप्रोफाइल विवाहेत्तर सम्बन्धको खुलासा भएपछि विश्व मिडिया नै यही समाचार वरपर कुदिरहेका छन् ।




स्टेजमा प्रस्तुति दिइरहेका गायक क्रिस मार्टिनले जब क्यामेराको लेन्स कुनै एक जोडीमाथि केन्द्रित गरे । उज्यालो प्रकाशमा स्पष्ट देखिने उक्त दृश्य उक्त कन्सर्टको डिस्प्लेमा समेत देखियो ।

त्यो जोडी अरु कोही नभएर प्रविधि कम्पनी एस्ट्रोनमरका अर्बपति सीइओ एन्ड बायरन र सोही कम्पनीकी मानव संशाधन (एचआर) विभाग हेर्ने कर्मचारी क्रिस्टिन क्याबोर्ट थिए ।


भाइरल भैरहेको भिडियोमा यी दुई रोमान्टिकरुपमा आलिंगनमा बाँधिएको देखिएको छ । आफूहरूमाथि लाइट फोकस हुने वित्तिकै यी दुई मुख छोप्दै लुक्छन् र बाहिरिन्छन् ।

यो दृश्य प्रकाशमा आउने वित्तिकै यी दुईजनाको विवाहेत्तरको सम्बन्ध छताछुल्ल भयो । घटनापछि विश्वभरका मिडियाले यसलाई समाचार बनाइरहेका छन् । अर्बपति इलन मस्कले खिसिट्युरी गर्दै स्माइल इमोजीमार्फत ब्यंग्य गरेका छन् ।

यी दुबैजना विवाहित हुन् । सीईओ बायरनले घटना लगत्तै विज्ञप्तिमार्फत माफी मागेका छन् भने आफ्नो परिवारको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् । उनकी पत्नीले फेसबुक एकाउन्ट डिलिट गरेकी छन् ।

यो भाइरल भिडियो विश्वभर चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...