मुख्य समाचार
ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको दाबी
ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको दाबी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको दाबी गरेका छन्। शुक्रबार राति ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजको क्रममा उनले कुन देशका कति लडाकु विमान क्षतिग्रस्त भए भन्ने कुरा भनेनन्।



यसअघि पाकिस्तानले पनि भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो। यद्यपि, भारतले सधैँ यी दाबीलाई अस्वीकार गर्दै आएको छ।



यसबाहेक ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविरामको दाबी पनि गर्दै आएका छन्।


ट्रम्पले भारत र पाकिस्तानसँग व्यापार बन्द गर्ने धम्की दिएको समेत बताएका थिए। त्यसपछि दुवै देश युद्धविराममा सहमत भएको उनको भनाइ छ।

मे महिनामा भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्वको समयमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेका थिए।
अमेरिकाले यो वार्तालापलाई युद्धविरामको रूपमा प्रस्तुत गरेको थियो। ट्रम्पले सामाजिक सञ्जालमा युद्धविरामको घोषणा गरेका थिए।

ट्रम्पले के भने ?

ट्रम्पले अमेरिकाले धेरै युद्ध रोकेको र ती सबै गम्भीर युद्ध भएको बताए । उनले भने, ‘भारत र पाकिस्तानबीच पनि त्यस्तै भइरहेको थियो। त्यहाँ विमानहरू खसालिएका थिए। मलाई लाग्छ वास्तवमा पाँचवटा जेट खसालिएका थिए। दुवै आणविक हतियार सम्पन्न देश हुन् र एकअर्कामाथि आक्रमण गरिरहेका थिए।’

उनले थप भने,‘यो युद्धको नयाँ तरिका जस्तो देखिन्छ। हामीले हालसालै इरानलाई के गर्‍यौँ भनेर तपाईंले देख्नुभयो। हामीले उनीहरूको आणविक क्षमतालाई पूर्ण रूपमा नष्ट गर्‍यौँ।’

ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व बढ्दै गइरहेको र यसलाई व्यापार मार्फत समाधान गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...
: इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्धनलाई चीनले अस्वीकार गरेको छ । चीनले इरानी तेल खरिद गर्ने पाँच कम्पनीमाथि लगाइएको अमेरिकी प्रतिबन्धलाई मान्न नसकिने स्पष्ट पारेको हो । चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि गर्न चिनियाँ कम्पनीहरूलाई रोक्छन् । यी अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय ...