मुख्य समाचार
यु-२० साफ च्याम्पियनसिपमा नेपाललाई अब उपाधिका लागि घरेलु टोली बंगलादेशलाई हराउनुपर्ने
यु-२० साफ च्याम्पियनसिपमा नेपाललाई अब उपाधिका लागि घरेलु टोली बंगलादेशलाई हराउनुपर्ने

: नेपाली महिला राष्ट्रिय टिम हालः बंगलादेशमा जारी यु-२० साफ च्याम्पियनसिप खेलिरहेको छ। नेपाललाई अब उपाधिका लागि घरेलु टोली बंगलादेशलाई हराउनुपर्ने हुन्छ। हालसम्म अपराजित रहँदै शीर्षस्थानमा रहेको बंगलादेश र दोस्रो स्थानमा रहेको नेपालबीच सोमबार साँझ उपाधिमात्रै नभइ प्रतिष्ठाको लडाइँ हुनेछ।



नेपाली महिला फुटबलको ब्याकअप अर्थात् भविष्यको रूपमा हेरिएको यो टिम निकै सन्तुलित देखिन्छ। अन्तिम खेलमा बंगलादेशलाई हराउन सकेमा उमेर समूहको दोस्रो उपाधि नेपाली महिला टिमले पाउनेछ।



सन् २०२२ मा साफ यु-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपालले त्यसयता कुनै पनि स्वर्ण पदक भिर्ने मौका पाएको छैन। यस अर्थमा पनि नेपाललाई यो प्रतियोगिता अन्तिम क्षणमा रजत लगाउने गत ३ वर्षको नेपाली महिला फुटबलको बाध्यात्मक बोझ हल्का गराउने मौका रहेको छ।



नेपाली महिला टोली दोस्रो खेलमा घरेलु टिम बंगलादेशसँग भन्दा अन्य टिमसँग हार व्यहोरेको छैन। अन्य टिमलाई राम्रो गोलअन्तरले पराजित गर्दा नेपाल बंगलादेशभन्दा गोल अन्तरले राम्रो अवस्थामा छ।

नेपालले हालसम्म लिगको ५ खेल खेल्दा ३० गोल गर्दै ४ गोल व्यहोरेको छ। बंगालदेशले समान ५ खेलमा २४ गोल गर्दै समान ४ गोल व्यहोरेको छ। यो प्रतियोगिता हेड टु हेडभन्दा गोल अन्तरमा आधारित हुने हुँदा नेपालले बंगलादेशलाई जित्नैपर्ने हुन्छ। एक खेल हारेको हुँदा नेपालले बंगलादेशलाई जित्नैपर्छ भने बंगलादेशले उपाधि रक्षा गर्न बराबरीमात्रै खेल्दा पनि पुग्छ।

नेपालले ५ खेल खेल्दा ३ वटा कप्तान परिवर्तन गर्‍यो। कारण थियो, बिर्सनाको स्वास्थ्यमा समस्या। उनले श्रीलंकासँगको पहिलो खेल खेल्न सकिनन्। नेपालको नियमित कप्तानको रूपमा रहेकी बिर्सनाको अनुपस्थितिमा श्रीलंकासँगको पहिलो खेलमा लीला जोशीले कप्तानी र गोलपोष्ट सम्हालेकी थिइन्। श्रीलंकासँगको दोस्रो खेलमा पनि लीलाले आर्मब्यान्ड लगाएर मैदान प्रवेश गरेकी थिइन्। पहिलो हाफको बीचमा बिर्सना मैदान प्रवेश गरेपछि उनले कप्तानी सम्हालिन्। भुटानसँगको खेलमा भने बिर्सना बेन्चमा नै बसिन् भने नेपालकी पहिलो रोजाईकी गोलकिपर सुजता तामाङले कप्तानीसहित पोष्ट सम्हालिन्।

बंगलादेशलाई उपाधि रक्षा गर्ने चुनौती
नेपाल र बंगलादेश पछिल्लो केही वर्षयता निकै राम्रो प्रतिस्पर्धी हुन्। यी दुई टिममा विशेषतः महिला फुटबलमा यी दुई देशको खेललाई निकै चासोको साथ दक्षिण एसियाले हेर्छ। पछिल्लो समय सन् २०२२ यता नेपाल र बंगलादेश महिला टिमको खेल अझ चाख लाग्दो भएको छ।

साफ यु-२० २०२३ महिला च्याम्पियनसिपको बंगलादेश च्याम्पियन हो। राउन्ड रोबिनमा भएको प्रतियोगितामा नेपालले लिग चरणमा ३-१ ले पराजित भएको थियो। नेपालका लागि मनमाया परियारले एकमात्र गोल फर्काएकी थिइन्। फाइनलमा नेपाल बंगलादेशसँग ३-० ले हार व्यहोर्दै रजत पदक लगाइ घर फर्किएको थियो।

बंगलादेशको गर्मीलाई मध्यनजर गर्दै नेपाली टिमले दिउँसोको घाममा प्रशिक्षण गरेको थियो। नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङ भन्छन्, ‘हामीले बंगलादेशमा गर्मी हुन्छ भनेर दिउँसोको समयमा प्रशिक्षण गरेका थियौं।’

नेपाली टिमले बंगलादेशको खेलसँग केही रणनीतिक परिवर्तनसहित खेल्नेछ। जसमा पहिलो खेलमा गरेको गल्तीलाई सच्याउँदै नेपाली टिमले खेल्नेछ। प्रशिक्षक गुरुङ भन्छन्, ‘भोलि केही फरक रणनीतिका साथ हामी खेल्नेछौं। पहिलो खेलमा २ गोल कसरी खायौं त्यसको समीक्षा हुनेछ। त्यसपछि हामी आक्रामक शैलीमा नै खेल खेल्नेछौं।’

कप्तान बिर्सना चौधरी भन्छिन्, ‘हाम्रो एकमात्र लक्ष्य उपाधि हो। उनीहरसँग प्रतिस्पर्धात्मक खेल हुनेछ।’ उनका अनुसार नेपाली खेलाडीले भुटानसँगको खेलमा जस्तै खेले भने बंगलादेशसँग जित निकाल्न सकिन्छ। ‘भुटानसँगको खेलमा जस्तै हामीले खेल्यौं भने उनीहरूलाई जित्न सक्छौं,’ अन्नपूर्णसँग उनले भनिन्।

नेपालको फर्वाड लाइन राम्रो भएको र अब केही मिडफिल्ड र डिफेन्समा देखिएको गल्ती समाधान गरे उपाधि जित्नेमा कप्तान बिर्सना विश्वस्त देखिन्छिन्। ‘हाम्रो सबैभन्दा बलियो पक्ष फर्वाड लाइन हो। हाम्रो मिडफिल्ड र डिफेन्समा अलिअलि समस्या छ। त्यो समाधान भएमा हामी उपाधि जित्न सक्छौं,’ कप्तान चौधरीले भनिन्।

अघिल्लो खेलमा नेपालले पहिलो हाफमा २ गोल खाएको थियो। खेलको दोस्रो हाफमा नेपालले गोल फर्कायो। पहिलो हाफको १४औं मिनेटमा सिन्हा शिखाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। खेलको ३७औं मिनेटमा सागोरिकाले गोल गरिन्। दोस्रो हाफ नेपालले २ गोल फर्काएको थियो।

बंगलादेशको यु-२० टिममा सिनियर टिमबाट खेलिसकेका ९ जना खेलाडी छन्। उनले एसिया कप छनोट खेल्ने टिममा रहेका गोलकिपर स्वर्ण रानी मण्डल र माइल अख्तर, डिफेन्डर जोइनब बीबी रिता, मिडफिल्डर मुन्की अख्तर र सपना रानी, फर्वाड नबीरन खातुन, सागोरिका र उम्लि मार्मा तथा स्ट्राइकर अफिदा खानदोकरलाई साफ यु-२० को लागि छनोट गरेका हुन्। स्ट्राइकरसमेत रहेकी अफिदा आफैंले यु-२० को टिमको नेतृत्व गरेकी छन्।

लिगको पहिलो भेटमा बंगलादेश र नेपालका २ खेलाडीले रातो कार्ड पाएका थिए। उनीहरूले मैदानमा हात हालाहालको अवस्था हुँदा उनीहरूलाई ३ खेलमा प्रतिबन्ध र ५०० डलर जरिवानासमेत गरिएको थियो। जसका कारण नेपालकी डिफेन्डर स्रिमन राई र बंगलादेशकी फर्वाड सागोरिकाले लिगको ३ खेल खेलेनन्। यी दुवै खेलाडीले लिगको अन्तिम खेल खेल्नेछन्।

पूर्णिमा राई उच्च गोलकर्ताको दाबेदार
नेपालकी फर्वाड पूर्णिमा राईले यो प्रतियोगिता अवधीभर २ खेलमा ह्याट्रिकसहित कूल १० गोल गरेकी छन्। पूर्णिमाले पहिलो खेलमा भुटानविरुद्ध ह्याट्रिकसहित ४ गोल गरिन्। उनले खेलको १८, ६३, ८४ र ८८ मिनेटमा गोल गरेकी हुन्। पूर्णिमाको लागि यो अन्तर्राष्ट्रिय करिअरको पहिलो ह्याट्रिक हो। उनले दोस्रो खेल बंगलादेशसँग गोल गर्न सकिनन्। तेस्रो खेलमा श्रीलंकासँग पहिलो हाफको थप गरिएको समयमा २ गोल गरिन्। तेस्रो खेलमा श्रीलंकाविरुद्ध १ गोल गरेकी थिइन्। चौथो खेलमा भुटानसाग पुनः उनले २३ औं मिनेट र थप गरिएको ६ मिनेटमा थप २ गोल गर्दै पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेकी हुन्।

उनी हालसम्म ४ खेलमा १० गोलसहित उच्च गोलकर्ताको उपाधिको प्रबल दाबेदार हुन्। उनलाई नेपालकी अर्की फर्वाड मिना देउवाले टक्कर दिनेछिन्। उनले पनि श्रीलंका र भुटानसँग ह्याट्रिक गोल गरेकी छन्। उनले ४ खेलमा ७ गोल गर्दै उच्च गोलकर्तामा पूार्णिमा राईलाई टक्कर दिइरहेकी छन्।

नेपालको कडा प्रतिस्पर्धीको रूपमा रहेको बंगलादेशका लागि सागोरिकाले ४ गोल र श्रीमोती तृष्णा देवीले ४ गोल गरेका छन्। सागोरिकाले २ खेलमा ४ गोल गरेकी हुन्। त्यसपछि उनी रातो कार्ड खाँदै ३ खेलको लागि प्रतिबन्धित भइन्। हालसम्म नेपालका २ फर्वाडद्वयमा नै उच्च गोलकर्ताको प्रतिस्पर्धा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...