मुख्य समाचार
जर्मनीले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ६–५ ले पराजित गर्दै वुमेन्स युरो २०२५ को सेमिफाइनल यात्रा तय
जर्मनीले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ६–५ ले पराजित गर्दै वुमेन्स युरो २०२५ को सेमिफाइनल यात्रा तय

— जर्मनीले पेनाल्टी सुटआउटमा शनिबार फ्रान्सलाई ६–५ ले पराजित गर्दै वुमेन्स युरो २०२५ को सेमिफाइनल यात्रा तय गरेको छ । अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेपछि टाइब्रेकरको आवश्यकता परेको हो ।


जर्मनीले खेलको अधिकांश समय १० खेलाडीमा सीमित रहेर खेलेको थियो ।

जर्मन जितमा नायक रहे, एना काटरिन बर्गर । उनले एमले माज्री र एलिस सोमबाथको पेनाल्टी बचाइन् र आफ्नो टिमलाई अन्तिम चारमा पुर्‍याइने । अब त्यस चरणमा उसको सामना हुनेछ, स्पेनसँग । जर्मनको विश्व च्याम्पियनविरुद्धको खेल बुधबार ज्युरिचमा हुनेछ ।

महिला फुटबलको ठूला प्रतियोगितामा जर्मनी अहिलेसम्म फ्रान्सको हातबाट पराजित भएको छैन र यही क्रमलाई कायम राख्दै सुरुआती १५ मिनेटभित्र एक गोलले पछाडि रहेको स्थितिबाट खेलमा फर्केको हो । त्यति बेलासम्म जर्मनी १० खेलाडीमा समेत सीमित भइसकेको थियो ।

खेलपछि बर्गरले भनिन्, ‘म त खेल ९० मिनेटमै छिनोफानो होस भन्ने चाहन्छु । पूरा १ सय २० मिनेटको खेलमा पूरा टिमले निकै मिहिनेतले खेलेको थियो । खालि मैले केही योगदान मात्र दिएकी हुँ । त्यसैले यो जितको श्रेय टिमलाई जान्छ, मलाई होइन्, भलै खेलको निर्णय पेनाल्टीमा भयो ।’

क्याथरिन हेन्ड्रिचले रातो कार्ड खाएसँगै ग्रेस गेयोरोले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाइन् । स्जोके नुसकेनले सुरुमा जर्मनीका लागि पेनाल्टीबाट गोल गर्न चुकिन्, तर पछि उनी आफैंले बराबरी गोल गर्दै जर्मनीलाई टिममा फर्काइन् । फ्रान्स भने पछिल्ला युरोका १० संस्करणध्ये आठमा क्वाटरफाइनलमै रोकिएको छ ।

‘मलाई के लाग्दैन भने हाम्रा खेलाडीले सक्दो प्रयास गरेनन् । सबैले के बुझ्नुपर्छ भने जर्मनी फिफा वरीयताको तेस्रो स्थानमा भएको टिम हो । जर्मनीले पछाडि बसेर रक्षात्मक खेल्यो । त्यसलाई तोड्न सजिलो थिएन । जर्मनीले हामीलाई अन्त्यसम्म गाह्रो स्थितिमा राख्यो,’ फ्रान्सेली प्रशिक्षक लुरेन्ट बोनाडेइले भने ।




क्वाटरफाइनल अगाडि जर्मनीले डिफेन्डर जिगली ग्वानलाई चोट र क्यार्लोट वामसरालाई प्रतिबन्धका कारण गुमाएको थियो । यस्तै स्टार खेलाडी लेआ सलरलाई सुरुमा बेञ्चमा राखिएको थियो । त्यसमाथि १३ औं मिनेटमा हेन्डरिचले रातो कार्ड खाएपछि जर्मनी सुरुमै दबाबमा थियो, तर यो टिम कति हार नखाने थियो भने यसले उल्टै फ्रान्सलाई दबाबमा राख्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम