मुख्य समाचार
पूर्णिमा राई साफ यू-२० च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता
पूर्णिमा राई साफ यू-२० च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता

। पूर्णिमा राई बंगलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता बनेकी छन् ।

६ खेलमा कुल १० गोल गरेकी पूर्णिमाले सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् । उनको नाममा दुई ह्याट्रिक समेत रहेको थियो ।




यस्तै बंगलादेशकी सागोरिका मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन् । उनले सोमबारको अन्तिम खेलमा नेपालविरुद्ध एक्लै चार गोल गरेकी थिइन् ।

नेपालविरुद्धको खेलमा रातो कार्ड पाएर ३ खेलका लागि सस्पेन्ड भएपनि सागोरिकाले उत्कृष्ट पुनरगामन गरेकी हुन् ।


त्यस्तै उत्कृष्ट गोलकिपर बंगलादेशकी मिली अख्तर घोषित भइन् भने फेयर प्ले अवार्ड श्रीलंकाले जित्यो ।

सोमबार भएको प्रतियोगिताको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० ले पराजित भएर उपविजेतामा सीमित भएको थियो ।

बंगलादेश भने पाँचौंपटक साफ यू-२० च्याम्पियन बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...