मुख्य समाचार
बंगलादेशले नेपाललाई ४-० गोलले हराउँदै च्याम्पियन
बंगलादेशले नेपाललाई ४-० गोलले हराउँदै च्याम्पियन

: साफ-२० च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा नेपाल बंगलादेशसँग फेरि स्तब्ध बनेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा भएको खेलमा खेलमा बंगलादेशले नेपाललाई ४-० गोलले हराउँदै च्याम्पियन बनेको हो।



घरेलु टोलीका लागि फरवार्ड मोसमत सागोरिका नायक बनिन्। उनले ह्याट्रिकसहित चार गोल गर्दै टोलीलाई उपाधि जिताइन्। खेलको ८औं मिनेटमै सागोरिकाले नेपालको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै पहिलो गोल गरिन्।



यसअघिको नेपालविरुद्धको खेलमा रातो कार्ड पाएर तीन खेल प्रतिबन्धमा परेकी सागोरिकाले पुनरागमनको खेलमै उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः ५१औं, ५८औं र ७७औं मिनेटमा गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरिन्। यो जितसँगै बंगलादेशले प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै लगातार दोस्रो पटक यू-२० महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सफल रह्यो।



डबल राउन्ड फर्म्याटमा भएको प्रतियोगितामा बंगलादेशले श्रीलंकालाई ९-१ र ५-०, नेपाललाई ३-२ र ३-० तथा भुटानलाई ४-१ र ३-० ले हराउँदै ६ मध्ये सबै खेल जितेर १८ अंकका साथ च्याम्पियन बन्यो। नेपालले भने भुटानलाई ६-१, श्रीलंकालाई दुईपटक ७-० र भुटानलाई फेरि ८-० ले पराजित गरे पनि बंगलादेशसँग दुई हार व्यहोर्दै १२ अंकमा सीमित रह्यो।

नेपाल प्रतियोगिताको उपविजेता बन्दा भुटान तेस्रो र श्रीलंका पुछारमा रहन पुगे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम