मुख्य समाचार
इजरायलले मध्य गाजाको देर अल–बलाहमा स्थल र हवाई आक्रमण
इजरायलले मध्य गाजाको देर अल–बलाहमा स्थल र हवाई आक्रमण

। इजरायलले मध्य गाजाको देर अल–बलाहमा स्थल र हवाई आक्रमण गरेको छ ।

देर अल–बलाहमा दक्षिणी गाजाको राफाह र खान यूनुसबाट विस्थापित भएका हजारौं मानिसले शरण लिएर बसेका छन् ।




सोही क्षेत्रमा इजरायली ट्यांक र सैन्य वाहन किसुफिम चेकपोइन्टबाट सहरी क्षेत्रमा प्रवेश गरेको स्थानीय पत्रकारहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

आइतबार इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले देर अल–बलाहमा शरण लिएर बसेकाहरुलाई तत्काल ठाउँ खाली गर्न चेतावनी दिएको थियो ।


त्यसपछि हजारौं मानिस रातारात सहर छाडेर अल–मवासीको तटीय क्षेत्रमा पुगेका समाचारमा उल्लेख छ ।

सहर खाली गरेर इजरायली सेनाले त्यहाँ नयाँ करिडोर बनाउन खोजेको हुनसक्ने स्थानीयको आशंका छ । घटनाबारे इजरायली सेनाका अधिकारीले थप बताउन अस्वीकार गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नयाँदिल्लीमा भएको १८औं ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरान, रुस, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूले समूहगत बैठक गरेका छन् । सोमबार भएको बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाका साथै आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो । बैठकमा सहभागी देशहरूले अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्न, बहुपक्षीय कूटनीतिलाई सुदृढ बनाउन तथा क्षेत्र र विश्वसामु रहेका चुनौती सामना गर्न ...
। सन् १९८० को दशकमा जन्मिएका इरानीहरूले आफूलाई प्राय: ‘जलेको पुस्ता’ अर्थात् ‘बर्न्ड जेनेरेसन’ मान्छन् । उनीहरूको जीवन सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि देखिएको राजनीतिक र आर्थिक उथलपुथलको समयमा बित्यो । सन् १९७९ मा इरानी इस्लामिक कार्यकर्ताहरूले अमेरिकी कूटनीतिज्ञलगायतलाई ४४४ दिनसम्म बन्धक बनाएको ‘अमेरिकी दूतावास बन्धक’ संकटले त्यसपछिको दशकको अवस्थाको संकेत दिएको थियो । त्यसपछि सन् ...
। अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्याले नयाँ रेकर्ड कायम गरेको छ भने विदेशी पर्यटकको आवागमन पनि विस्तारै लयमा फर्किन थालेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको पछिल्लो आधिकारिक तथ्यांकअनुसार जुन २०२६ सम्ममा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुगेको छ। यसैगरी, जुलाई महिनामा ७ लाख १० हजारभन्दा बढी विदेशी आगन्तुक अस्ट्रेलिया पुगेका छन्। बहु–रोजगारीमा ...
। ब्रिक्स देशहरूको शिखर सम्मेलनले मध्यपूर्वमा प्यालेस्टाइनको समर्थन गरेको छ । नयाँ दिल्लीमा सुरु भएको शिखर सम्मेलनको घोषणापत्रमा इजरायल–प्यालेस्टाइन द्वन्द्वको न्यायपूर्ण र दीर्घकालीन समाधान शान्तिपूर्ण माध्यमबाट मात्रै सम्भव रहेको उल्लेख छ । ब्रिक्स देशहरूले दुई–राज्य(इजरायल र प्यालेस्टाइन) समाधानको समर्थन गरेका छन् । यसअन्तर्गत सन् १९६७ मा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सीमाभित्र सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना ...
। यसनमा सशस्त्र समूहबीचको संघर्ष चर्कँदै जाँदा मानवीय संकट गहिरिँदै गएको छ । द्वन्द्व चर्किँदा मानिसहरू विस्थापित हुने क्रम तीव्र छ । संयुक्त राष्ट्रसंघका अनुसार, जुलाईमा इरान समर्थित समूह हुथीले साउदी अरबको नौसैनिकविरुद्ध नाकाबन्दी घोषणा गरेयता मत्रै करिब ७६ हजार मानिस विस्थापित भइसकेका छन् । पछिल्लो एक सातामा मार्त्र विस्थापित मानिसको संख्या करिब चार गुणाले बढेको राष्ट्रसंघले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम