मुख्य समाचार
जापानमा एक्स्पो सुरु भएको तीन महिना पछि खुल्यो नेपालमण्डप
जापानमा एक्स्पो सुरु भएको तीन महिना पछि खुल्यो नेपालमण्डप

। जापानको ओसाकामा विश्वमै प्रतिष्ठित मानिने ओसाका कान्साई एक्स्पो (विश्व प्रदर्शनी) सुरु भएको ३ महिनापछि नेपालले मण्डप तयार गरेको छ ।

निर्माण कम्पनीलाई निर्माण लागत तिर्न नसक्दा एक्स्पो सुरु भएको तीन महिना पछि मात्र नेपाल मण्डप सञ्चालनमा आएको हो ।




एक्स्पोमा नेपाल मण्डप निर्माणका लागि नेपाल सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र मार्फत् बोलपत्र आह्वान गरेको थियो ।

टेन्डर बिद् म्यानेजमेन्ट प्राइभेट लिमिटेड, ललित मनडिस्प आर्ट एन्ड आर्किटेक्ट प्राइभेट लिमिटेडले कम्पनीले हातपारेको थियो ।


टेन्डर हात पार्ने कम्पनीले जापानको सानक्यो कन्स्ट्रक्शन कम्पनीलाई ‘नेपाल पभेलियन’ निर्माणको जिम्मा दिएको थियो ।

जुलाई २८ मा ‘नेपाल डे’ मनाइने

जापान सरकारसँगको सहकार्यमा एक्स्पोमा जुलाई २८ तारिख ‘नेपाल डे’ मनाउने निर्णय भएको जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जानकारी दिए ।

राजदूत सुवेदीले ‘नेपाल डे’ को दिन सबै नेपालीलाई ओसाका एक्स्पोमा सहभागिता जनाउन आग्रहसमेत गरेका छन् ।



समयमै रकम भुक्तानी गर्न नसक्दा जापानमा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आलोचना भएको थियो ।

राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने, ‘लगभग पाँच वर्ष अघि नेपाल सरकारले एक्स्पोमा नेपाल मण्डपको जिम्मा निजी कम्पनीलाई दिएको थियो, एक्स्पो सुरु भएको दुई सातासम्म नेपालसहित भारत लगायत अन्य देशको पनि मण्डप तयार तयार पार्न सकेका थिएन, अन्य देशको केही प्राविधिक समस्या थियो भने नेपालको आर्थिक समस्या थियो, जसकारण नेपालमा मण्डप सञ्चालनमा ढिलाइ भएको हो ।’

फ्रान्समा मुख्य कार्यालय रहेको ब्युरो अफ इन्टरनेसनल एक्सपोजिसनले सञ्चालन गरेको एक विश्व प्रदर्शनी हो ओसाका एक्स्पो । नेपालसहित विश्वका १८४ देश ओसाका एक्स्पोकोको सदस्य छन् ।

एक्स्पो अन्तर्गत हरेक पाँच वर्षमा आयोजक देश र स्थलको छनोट गरिन्छ ।

संसारभरका लाखौं मानिस एक्स्पो अवलोकनका लागि पुग्ने गरेका छन् । यो हरेक देशले आफ्नो देशको उत्पादन र प्रविधि आविष्कार प्रदर्शन र बजारीकरण गर्ने थलो हो ।

विश्व बजारको मागलाई ध्यान दिने

एक्स्पोलाई नेपाली उत्पादनको प्रदर्शनी, व्यापार साथै लगानी भित्र्याउने थलोको रुपमा हेरिएको छ ।

एक्स्पोमा ह्यान्डीक्र्याफ्ट आइटम र हिमाली भेगमा पाइने रैथाने बाली, नेपाली चिया तथा कफीको प्रदर्शनी र अर्डर लिने काम गरिने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहालले बताए ।

एक्स्पोमा १५८ राष्ट्रको सहभागिता छ । एक्स्पोलाई नेपाली उत्पादन बजारीकरण गर्ने महत्वपूर्ण थलोको रुपमा समेत हेरिएको दाहाल बताउँछन् । गत अप्रिल १३ तारिखबाट सुरु भएको एक्स्पो अक्टोबर १३ तारिखसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...